घ्यू खाना, दाल र तरकारीको स्वाद बढाउन प्रयोग गरीन्छ । तर कतिपयलाई थाहा नहुन सक्छ, पहिला पहिला मानिसहरु कपालमा घ्यु लाउने गर्दथे ।आजकल घ्युको मुल्य, यसको शुद्धता र अन्य सामाग्रीको उपलब्धताले मानिस कपालमा घ्युको प्रयोग गर्दैनन् । तर कपालमा घ्यु लगाउँदा यसले कपाललाई राम्रो फाइदा गर्दछ ।
गर्मी मौसममा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ । त्यस्ता समस्यामा मानिसहरु विभिन्न औषधी, स्याम्फूको प्रयोग गर्दछन् । तर यस समस्याबाट मुक्तिका निम्ती घरेलु उपायमा घ्यूको प्रयोग निकै उपयोगी मानिन्छ ।
जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट बच्न घ्युको प्रयोग उपयोगी मानिन्छ । यसले चायाँसँग–सँगै कपाल झर्ने समस्याबाट समेत बचाउँछ । घ्यूमा बदामको तेल मिसाएर मसाज गर्दा कपालमा चायाँ पर्ने र टाउकोमा हुने सुख्खापनबाट छुटकारा मिल्दछ ।
कपाललाई मुलायम बनाउन जैतूनको तेलमा घ्यू मिसाएर मसाज गर्नु पर्दछ । कपालमा पोषणको कमीले हाँगा फाट्ने समस्या हुन्छ । कपाललाई घ्यूले मसाज गरेमा समस्या हटेर जाने गर्दछ । यस अलावा कपाल लामो बनाउन चाहाना भएमा अमला र प्याँजको रसमा घ्यु मिसाएर १५/१५ दिनमा मसाज गरेम कपाल लामो र चम्किलो हुन्छ ।