• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • १७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • श्रीमानको शव जलाउन हिजो ४ हज़ार समेत नभएकी माइलीलाई १३ दिनमा जुट्याे १८ लाख बढि सहयोग !आर्थिक तनावकै कारण जेठा छोराले गरेका थिए आत्महत्या

  • संदेश पत्र
  • २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)
  • फाईल तस्विर

    नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटारकी ५६ वर्षीया माइली राईसँग १३ दिनअघि श्रीमान्को शव दहन गर्ने चार हजार रुपैयाँ पनि साथमा थिएन । तर, अहिले उनीसँग २० लाख रुपैयाँ र करिब ६ महिनासम्मका लागि खान पुग्ने रासन जम्मा भएको छ । देशविदेशबाट सहयोगस्वरूप प्राप्त रकम सदुपयोग गर्नेमा आफू सचेत रहेको उनको भनाइ छ ।

    १३ दिनको किरिया साङ्गे भएलगत्तै उनी गाउँ जाने र नागरिकता लिने योजनामा छिन् । त्यसलगत्तै उनले बैंक खाता खोल्ने जानकारी दिइन् । आफूलाई दाताहरूले दिएको सहयोग रकमले गाउँमा जग्गा खरिद गर्ने र बस्ने घर बनाउने उनको योजना छ । बाँकी जग्गामा खेती गर्ने उनले जानकारी दिइन् ।

    श्रीमान्को किरिया साङ्गे गर्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘हिजो श्रीमान्को शव जलाउने पैसा थिएन, आज मसँग २० लाख रुपैयाँ र २५ बोराभन्दा धेरै चामल जम्मा भएको छ । दाल, तरकारी, चना, केराउ पनि उत्तिकै सहयोग आएको छ । मेरो दुःख देखेर देशविदेशबाट सहयोग प्राप्त भयो । त्यो रकमले अब गाउँमा जग्गा किन्छु, घर बनाउँछु र खेतीपाती गरेर गाउँमै बस्छु,’ उनले भनिन् ।

    पुर्ख्यौली सम्पत्तिका नाममा उनको गाउँमा आठ आना मात्रै जग्गा छ । त्यो पनि दाजुभाइले कमाउँदै आएका छन् । ३० वर्षअघि उनी श्रीमान्सँगै काठमाडौं आएकी थिइन् । जीवन गुजार्ने क्रममा उनले काठमाडौंमा अनेक हन्डर खाइन् । पटक–पटक गाउँ फर्कन मन नलागेको होइन । तर, गरिखाने जग्गा नै नभएपछि परिवारसँगै अनेक कष्ट सहेर काठमाडौंमै बस्न बाध्य थिइन् । देशविदेशबाट जुटेको सहयोगले अहिले उनमा नयाँ उत्साह जागृत भएको छ । कष्टकर जीवनबाट थोरै भए पनि मुक्ति पाउने आशा उनमा पलाएको छ । ‘गाउँमा पुर्ख्यौली सम्पत्ति आठ आना मात्रै जग्गा छ, त्यो पनि दाजुभाइले कमाउँदै आएका छन् । काठमाडौं बस्दा धेरै दुःख भोगियो । गाउँ जाने मन पनि बन्यो । तर, बस्ने ठाउँ नै नभएपछि कहाँ जानु ? तर, अहिले एउटा आधार बनेको छ । देशविदेशबाट मलाई सहयोग आयो । उहाँहरू मेरा लागि भगवान्जस्तै हुनुहुन्छ,’ उनले भनिन् ।

    आर्थिक तनावकै कारण जेठा छोराले गरेका थिए आत्महत्या

    माइलीका श्रीमान् ठमेलमा रिक्सा चलाउँथे । उनलाई मदिरा पिउने गलत आदत थियो । कमाइ राम्रो थिएन । बिहान–बेलुकाको छाक टार्न माइली साहुको घरमा भाँडा माझ्थिन् । कहिले ज्यामी काममा खटिन्थिन् । रकम अभाव हुँदा छोराछोरीलाई पढाउन सकिनन् । तनावकै कारण जेठा छोराले आत्महत्या गरे । उनको एक सन्तान माइलीकै संरक्षणमा छ । बुहारीले अर्काे विवाह गरिसकिन् । विवाहित जेठी छोरीको पनि घरबार बिग्रियो । उनीतर्फको छोराछोरी पाल्ने जिम्मेवारी पनि माइलीलाई नै छ । त्यसबाहेक कान्छा छोरा र छोरी उनीसँगै बस्छन् । उनीहरू दुवै बेरोजगार छन् । गत २६ फागुनमा उनका श्रीमान् ५७ वर्षीय पाण्डव राईको निधन भएको थियो । माइलीको दुःखमा सहयोग गरेका बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्य अहिले माइलीलाई देशविदेशबाट सहयोग आएको देखेर दंग छन् । आर्यघाटमा भेटिएका उनले भने, ‘माइलीका लागि देशविदेशका जनता भगवान् बनेर आइदिए । उनलाई सहयोग ओइरिन थाल्यो । यस्तो होला भन्ने सोचेको पनि थिइनँ । जे भयो राम्रो भयो । यसले माइलीलाई उत्साह भरिदिएको छ । बाँच्ने आधार खडा गरिदिएको छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution