काठमाडौं, २९ फागुन । विवाहका क्रममा दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह रद्व गर्ने महानगरपालिकाका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति सुनको सिक्री नपाएको भन्दै विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको हो । बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन् ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए । बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको अौठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए ।
जति मनाएपनी नमान्दा बेहुला पक्ष कुटपिटमा समेत उत्रेपछि प्रहरी आइपुग्यो र बेहुला सहित ३–४ जनालाई प्रहरीले पक्राउ गरेको हो । साह सोमबार साँझ बेहुली लिन वीरगन्ज महानगरपालिका–२४ रामगढवा निवासी सुखल साहको घर पुगेका थिए। केही दिनअघि मात्रै सुखलकी २४ वर्षीया छोरी रमिताको बच्चालालसँग विवाहको टुंगो लागेको थियो।
सोमबार राति मण्डमा बसिसकेपछि उनले दाइजोमा सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि दुई पक्षबीच विवाद भएको थियो।