२७ फागुन २०८०/
चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले मिस वर्ल्ड २०२४ को उपाधि जितेकी छन् । गए राति भारतको मुम्बईमा आयोजित फाइनलमा उनले ताज जितेकी हुन् ।
यससँगै क्रिस्टिना ७१औँ मिस वर्ल्ड बनेकी छन् । २७ वर्षीया क्रिस्टिना एकसय १७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै मिस वर्ल्ड बन्न सफल बनेकी हुन् । त्यस्तै लेबनानकी यस्मिना जायातौन फर्स्ट रनरअप भइन् ।