काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नागरिकले महशुस गर्न सक्ने गरी काम गर्नका लागि गृह मन्त्रालय रोजेको दाबी गरेका छन् ।
बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताए ।
लामिछानेले फरक किसिमले आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताए । उनले त्यस अवसरमा आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानूनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।उपप्रधानमन्त्री लामिछानेले कानूनी राज्य स्थापना गर्ने शिलशिलामा कुनैपनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गरे ।
उपप्रधानमन्त्री लामिछानेले भने ‘यो गृह मन्त्रालय विशेष गरेर कहिले पनि सुत्न नपाउने चौविसै घण्टा नागरिकका समस्याहरुमा चनाखो हुनुपर्ने, मुलुकको सुरक्षाकादकयौं विषयहरुमा चनाखो हुनुपर्ने जिम्मेवारी भएको यहाँहरु सबैलाई विदितै छ ।उनले सबैसँग आपसी सहयोग, आपसी सहकार्यमा हामी राष्ट्रका सामू देखिएका चुनौतिहरुलाई सामना गर्न आवश्यक रहेको बताए । आफु अघिल्लो पटक मन्त्री हुँदा कानूनी राज्यको स्थापना गर्नका भूमिका निर्वाह गरेको दाबी गरे ।
कुनैपनि राजनीतिक दलको होस, कुनैपनि अन्य प्रभावशाली संस्थाहरुको कसैको पनि इलिगल अर्डसलाई गृह मन्त्रालयले टेर्दैन भन्ने कुराको स्पष्ट मासेज यस पटक दिनुपर्ने बताए ।अपराधको अनुसन्धानमा काहीकर्त कसैमाथि शक्तिको दुरुपयोग गरेर गलत क्रियाकलाप हुन नदिने र कसैले गलत गरेको छ भने त्यसका लागि कसैको अनुमति लिन नपर्ने र नागरिकले देशमा शान्ति सुरक्षा छ भन्ने कुराको महशुस गर्न पाउने वातावरणको सृजना गर्ने एउटा महत्वपूर्ण जिम्मेवारी हामी सबैको भएको बताए ।
‘आम नागरिकले बाटोमा उभिएको युनिफर्ममा उभिएको हाम्रो प्रहरी अधिकारीले उसलाई देख्ने वित्तिकै महशुस गरोस् म सुरक्षित छु’ उनले भने ‘शान्ति सुरक्षाको प्रत्याभुति हामीले दिनुपर्ने कुरा, म यहाँ मेरो सुरक्षामा चिन्तित छैन । बाटोमा हिँडेको त्यो नागरिक, काम गर्दै गरेको सामान्य मान्छे, उनीहरुको सुरक्षामा बढि चिन्तित हुन पनि म अपिल गर्न चाहन्छु ।’