नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ।त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४४ रूपैयाँ २७ पैसा पाइन्छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ९४ पैसा र बिक्रीमा ८६ रूपैयाँ ३३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८६ पैसा पाइन्छ।यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रूपैयाँ ९५ पैसा र बिक्रीमा २८ रूपैयाँ २० पैसा पाइन्छ।बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको छ।