काठमाडौँ । यी दुई दाजु भाईलाई कतै तपाई देख्नु भएको छ अबस्य देख्नु भएको होला टिकटकमा यी दुई भाइरल छन् । दुबईमा जाम जाम इलेक्ट्रोनिक्स नामको पसल छन् यिनीहरुको । सामाजिक सञ्जाल ‘फेसबुक’ मा पेज बनाएर महङ्गो ग्याजेट बेच्ने नाममा ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जाम जाम इलेक्ट्रोनिक्स नामको पेज बनाएर आरोपीहरुले ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
फेसबुक पेजको दुरुपयोग गरेर ठगेको आरोपमा पक्राउ पर्नेमा सर्लाही विष्णु गाउँपालिका–४ घर भएका २१ वर्षीय आदित्यकुमार सिंह, २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया घर भएका २२ वर्षीय रामसेवक राम र वीरगञ्ज घर भएका २४ वर्षीय आकाश शाह सोनार छन् ।
आरोपीहरुले जाम जाम इलेक्ट्रोनिक्स नामको पेजमा ‘आइफोन बिक्रीमा’ भन्ने सूचना राखेर च्याटमार्फत कुरा गरेर प्रलोभन देखाउँदै रकम पठाउन लगाएर ठग्ने गरेका हुन् । उनीहरुले अमेरिका लगायतका देशबाट पार्सलमा गहना र महङ्गो जुत्ता पठाएका छौं भन्दै भन्सार सुल्क र डेलिभरी चार्ज बापत भनेर रकम असुल्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
आरोपीहरुले अहिलेसम्म ४९ लाख ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।