• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, बिहिबार
in
होमपेज / समाचार
  • ३३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • यूएईको जेलमा रहेका भुवन श्रेष्ठ फर्काउन बुवा यमनारायणले जुटाए आधा करोड ‘ब्लडमनी’ के अब नेपाल आउछन भुवन ?

  • संदेश पत्र
  • २०८० फागुन १८, शुक्रबार (१ साल अघि)
  • फाईल तस्विर

    ओखलढुंगाका यमनारायण श्रेष्ठले संयुक्त अरब एमिरेट्स (यूएई) को जेलमा रहेका छोरालाई छुटाउन आवश्यक पर्ने ५० लाखभन्दा बढी ‘ब्लडमनी’ जुटाएका छन्। ६ वर्षपहिले रोजगारीका लागि यूएई गएका उनका छोरा भुवन श्रेष्ठ हत्या अभियोगमा यूएईको जेलमा छन्। साढे ४ वर्षदेखि जेलमा रहेका उनलाई यूएईको अदालतले दोषी ठहर गरिसकेको छ।

    तर उनका छोरा भुवन र धादिङको नेत्रावती ४ का पहलमान थापा मगरले हत्या गरेको भनिएका नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको परिवारले ब्लडमनी लिएर मुद्दा फिर्ता लिन सहमत भएपछि रकम जुटाउन थालेका थिए। यी दुई परिवारले मृतकका परिवारलाई ३ लाख दिराम (करिब एक करोड ८ लाख नेपाली रुपैयाँ) दिनु पर्नेछ। यो रकम मृतकका परिवारले पाइसकेपछि मात्रै मुद्दा फिर्ताको प्रक्रिया सुरु हुनेछ।

    यसमध्ये भुवनको परिवारले एक लाख ५० हजार दिराम बुझाउने सहमति भएको छ। बाँकी एक लाख ५० हजार दिराम पहलमानको परिवारले बुझाउने छ। आफूले मृतकका परिवारलाई दिनु पर्ने आवश्यक रकम जुटिसकेको यमनारायणले बताए।
    ‘मेरो छोराले तिर्नु पर्ने ब्लडमनीको सबै रकम जुट्यो। सबैले सहयोग गरिदिनु भयो, अब मेरो छोरालाई बचाएर नेपाल फर्काउन सकिने भयो। सहयोग गर्ने सबैलाई म धन्यवाद भन्छु,’ यमनारायणले बिहीबार साँझ भने।

    यमनारायण लगायत आफन्तले एक वर्ष पहिलेबाटै सहयोग जुटाउन थालेका थिए। तर एक वर्षमा पनि आवश्यक सहयोग जुटेको थिएन। त्यसपछि ओखलढुंगाका पत्रकार शिव ढुंगाना लगायतले भुवन बचाउ अभियान सुरु गरे। उनीहरुले अभियान थालेको एक महिना नपुग्दै यमनारायणलाई ब्लडमनी तिर्न आवश्यक ५० लाखभन्दा बढी रकम जुटेको हो।

    ‘भुवनलाई बचाउन आवश्यक रकम जुटिसक्यो। हामीले भुवनका बुवा यमनारायणको खातामा रकम जम्मा गरेका छौँ। ककसले कति सहयोग गर्नु भयो भन्ने पनि हामीले सार्वजनिक गरिसकेका छौँ। सहयोग संकलन पारदर्शी बनाउँदा हामीलाई विश्वास गर्नुभयो र छोटो समयमै रकम जुट्यो,’ अभियन्ता ढुंगानाले नेपालखबरसँग भने, ‘आवश्यक रकम जुटेपछि हामीले सहयोग संकलन रोकेका छौँ।’

    भुवन र पहलमानका परिवारले मृतक बाबुरामको परिवारलाई पहिले ने ५० हजार दिराम (१६ लाख ६२ हजार ५ सय रुपैयाँ) बुझाउनु पर्ने थियो। पहलमानको परिवारले आफ्नो भागमा परेको सबै रकम बुझाएका थियो। तर यमनारायणको परिवारले भने रकम जुटाउन नसक्दा ५ लाख रुपैयाँ मात्रै दिएको थियो।तर त्यसपछि सहयोग उठाएर भुवनको परिवारले आवश्यक रकम जुटाए पनि पहलमानको परिवारले भने रकम जुटाउन सकेका छैन।

    पहलमानका मामा तेज आले मगरले ६ लाख रुपैयाँ मात्रै सहयोग उठेको र बाँकी रकम जुटाउनका लागि पहल गरिरहेको बताए। उनीहरु दुवै जनाले ब्लडमनी बापतको रकम नबुझाएसम्म मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढ्ने छैन। भुवनलाई सहयोग जुटाउने अभियानमा सामेल ढुंगानाले पहलमानका लागि पनि रकम जुटाउन आफूले सहयोग गर्ने बताए।

    ‘हामीले दुवै जनालाई बचाएर नेपाल फर्काउन यो अभियान थालेको हो। अभियानका क्रममा सहयोग गर्न अरु पनि धेरै तयार हुनुहुन्छ। अब उहाँहरुलाई पहलमानका लागि सहयोग गर्न भन्छौँ र आफू पनि सहयोग गर्छौँ,’ ढुंगानाले भने।मृतकका परिवार र उनीहरुको बीचमा २०७९ वैशाख १६ गते सहमति भएपछि दुई परिवारले मृतककी पत्नी नरिमालाई २१ लाख बढी रकम बुझाइसकेका छन्।

    भुवनको तर्फबाट दाइ खेमराज श्रेष्ठले ३ लाख रुपैयाँ त्यसै दिन बुझाए। बाँकी १३ लाख ६२ हजार ५ सय रुपैयाँ दुई महिनाभित्रमा बुझाउने सहमति भएको थियो। बाँकी रकम मुद्दा फिर्ता गर्नका लागि सबै प्रक्रिया पूरा भएपछि दिने र रकम बुझिसकेपछि मृतकका परिवारले कुनै पनि मागदाबी नगर्ने सहमति पत्रमा उल्लेख छ।

    यूएईको कानुन अनुसार मृतकका परिवारलाई ब्लडमनी बुझाइसकेपछि मुद्दा फिर्ता हुन्छ। त्यसपछि उनीहरु थुनामुक्त भएर नेपाल फर्किन पाउँछन्। उनीहरुको सहमति अनुसार नेपालमै रकम लेनदेन हुनेछ। कन्सुलर सेवा विभागको रोहबरमा गरिएको लेनदेन काठमाडौँस्थित यूएई दूतावासले प्रमाणीकरण गरेर अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता गर्दै जेलमा रहेका नेपाली रिहाइको प्रक्रिया पूरा हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution