काठमाडौँ– पछिल्लो समय सबैको हात हातमा स्मार्टफोन पुगेका छन् । धेरै मानिसले गेम खेल्दै, फिल्म हेर्दै वा च्याट गर्दै खाना खाने गर्दछन् । विशेष गरी बालबालिका, किशोर र युवामा यस्तो बानी हुन्छ ।
तर के तपाइलाई थाहा छ खानपानको समयमा बालबालिकालाई मोबाइल चलाउन दिँदा यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
आज हामी तपाईँलाई खाना खाने समयमा मोबाइल तथा ल्यापटप चलाउँदा पर्ने असरहरूका बारेमा जानकारी दिँदै छौँ ।
१. आवश्यकता भन्दा कम वा धेरै खाना खाइनु खाने बानीलाई बाहिरका डिस्ट्रयाक्टिङ तत्वहरुले धेरै असर गरिरहेको हुन्छ । यदि मोबाइल चलाउँदै खाना खानुभयो भने कुन बेला पेट अघायो वा पेट अघाएको छैन, थाहा हुँदैन र खाना खाने बानीमै प्रत्यक्ष असर पर्छ ।
२. पाचन प्रणालीमा असर खाना खाने क्रममा पाचन प्रणालीलाई पनि ध्यानमा राख्नुपर्छ । पाचन प्रणाली बिग्रिएको खण्डमा मानिस बिरामी पर्न सक्छन् ।
खाना खाने समयमा मोबाइल खेलाउन थाल्नुभयो भने खाना राम्रोसँग चपाउन बिर्सिइन्छ । जसका कारण पाचन प्रणालीलाई असर पुग्ने चिकित्सकहरूको भनाई छ ।
३. मोबाइल दुर्व्यसनीको खतरा खाना खाँदा मोबाइल हेरेर खाना खाने बानी बसिसकेपछि कुनै पनि हालतमा यो छुटाउन गाह्रो पर्छ ।
४. समग्र स्वास्थ्यका लागि हानिकारक खाना खाने समयमा मोबाइल प्रयोग गर्ने बानी सबै उमेर समूहका मानिसहरूको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
पोषकविदहरुका अनुसार खाना खाने समयमा स्मार्टफोनको प्रयोगले शरीरमा भएको क्यालोरीको सङ्ख्यालाई असर गर्दछ । मुख र स्क्रिनमा हात डुलाउँदा कीटाणु सर्ने खतरा पनि त्यतिकै हुन्छ ।
५. पारिवारिक सम्बन्ध कमजोर यदि तपाईँ खाना छोडेर सधैँ मोबाइलमै झुम्मिनुहुन्छ भने तपाईसँग बसिरहेको व्यक्तिलाई तपाईँको स्वभाव रुखो र अशिष्ट लाग्न सक्छ । साथै यसले परिवारजनबीच भावनात्मक दूरी पनि बढाइदिन्छ ।