त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल फर्कने यात्रुले साथमा ल्याउन पाउने सामग्रीको नयाँ मापदण्ड लागू गरेको छ।सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी पछिल्लो व्यवस्थाअनुसार महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाइने विभागले जनाएको छ ।
यस्तै, गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिने विभागले जनाएको छ ।यस्तै, विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन ।
श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने विभागले जनाएको छ । तर यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने छ ।
यस्तो छ पछिल्लो व्यवस्था