काठमाडौं । नेपाल सरकारले आगामी वर्ष २०८१ मा दिने सार्वजनिक बिदाको विवरण राजपत्रमा प्रकाशित गरेको छ ।गृह मन्त्रालयले बैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने बिदाको विवरण प्रकाशित गरेको हो ।
जस अनुसार आगामी वर्ष ५३ वटा शनिबारको बिदा परेको छ भने ३५ वटा अन्य सार्वजनिक बिदा परेको छ । बैशाख १ गते नयाँ वर्ष, बैशाख ५ गते रामनवमी, बैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको विदा रहेको छ ।
जेठ १५ गते गणतन्त्र दिवस, भदौ ३ गते रक्षाबन्धन, भदौ १० गते श्री कृष्ण जन्माष्टमी र असोज ३ गते संंविधान दिवसको विदा रहेको छ । यस्तै, असोज १७ गते घटस्थापना, असोज २४ देखि असोज २८ गतेसम्म पाँच दिन दशैँ बिदा दिइएको छ।
यस्तै, कात्तिक १५ देखि १९ गतेसम्म पाँच दिन तिहार बिदा र २२ गते छठपर्वको विदा रहेको छ । मङ्सिर ३० गते धान्यपूर्णितमा, उधौली तथा धायोमरी पूर्णिमाको विदा दिइएको छ भने पुस १५ गते तमुु ल्होसार र पुस २७ गते पृथ्वी जयन्तीको दिन परेको छ ।
माघ १ गते माघी पर्व, १७ गते सोनम ह्लोसा, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गतेग्याल्पो ल्होसार, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको विदा रहेको छ ।
यस्तै, फागुन २९ गते पहाडी जिल्लाहरुमा र ३० गते तराइका जिल्लाहरुमा फागू पूर्णिमाको विदा दिइएको छ । इस्लाम धर्मावलम्बीहरुका ईद र बकर ईदमा पनि सार्वजनिक बिदा दिइने छ ।