• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, बिहिबार
in
होमपेज / समाचार
  • ४११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • यसरी अन्त्य भयो हिमाली एफएमबाट सुरू भएको कुमार-पर्मिलाको प्रेम सम्बन्ध

  • संदेश पत्र
  • २०८० फागुन १, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं ।

    माघ २७ गते साँझ।काठमाडौं महानगरपालिका-९ गौशाला रुन्चेडाँडास्थित सिरहा-धनुषा होटल एन्ड लज। लजको पश्चिमतर्फको कोठा नम्बर १०८।

    जिल्ला प्रहरी परिसर काठमाडौंको कन्ट्रोल रुममा खबर आयो – एक जना अपरिचित महिलाको शव फेला पर्‍यो। प्रहरी ६ बजे लजमा पुगिहाल्यो। प्रहरी टोली पुग्दा २८ वर्षीया पर्मिला दमाईको शव कोठामा भेटियो।

    घटना अघिल्लो दिन बेलुका भएको थियो। कोठा नखुलेपछि भोलिपल्ट होटल सञ्चालकले शंका लागेर खोल्दा पर्मिला मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीका अनुसार पर्मिला दमाईको घर रामेछाप लिखु तामाकोसी गाउँपालिका-५ हो। उनी काठमाडौं-९ भीमसेनगोलामा श्रीमान् नसे दमाईसँग डेरा गरी बस्दै आएकी थिइन्।

    ३८ वर्षीय कुमार दोलखा बैतेश्चर गाउँपालिका-७ का हुन्। उनी रामेछापमै भएको बेला २०७९ सालमा कुमारसँग चिनजान भएको थियो। २०६९ साल मंसिरमा रेडियो हिमाली दोलखाद्वारा प्रसारित ‘साथी बनाउने रेडियो कार्यक्रम’मार्फत् कुमार श्रेष्ठसँग चिनजान भएको थियो। चिनजानपछि दुबै घनिष्टता बढ्दै गयो। दुबै विवाहित र सन्तानसमेत भएको थाहा भए पनि उनीहरूबीच प्रेम सम्बन्ध स्थापित भएको खत्री बताउँछन्।

    यसक्रममा कुमार पर्मिलालाई भेट्न २०७९ साल पुस महिनामा रामेछाप पुगे, जतिबेला पर्मिलाका श्रीमान् नसे काठमाडौं आएका थिए। त्यसबेला पर्मिलाको घरमा कुमार एक हप्ता बसेका थिए। यसपछि पनि पर्मिलालाई भेट्न कुमार पटक-पटक रामेछाप गइरहे। ‘कुमार समय समयमा पर्मिलालाई भेट्न जाने गरेका थिए, नसे दमाईलाई शंका लागेपछि कुमार र पर्मिलाबीचको प्रेम सम्बन्ध बाहिर आएको थियो,’ एसएसपी खत्रीले भने।

    त्यसपछि दुबै पक्ष बसे। एक-अर्काको पारिवारिक सम्बन्धमा खलल नपुर्‍याउने सहमति गरी श्रीमती सविनाले कुमारको र नसेले पर्मिलाको जिम्मा लिएर लगेका थिए। ‘प्रेम सम्बन्धको क्रममा दुई परिवारबीच वादविवादसमेत भएको देखिन्छ, २०८० मंसिर ७ गते दुबै पक्षले इलाका प्रहरी कार्यालय रामेछापमा मिलापत्र गरेको फेला परेको छ,’ खत्रीले भने।

    यसपछि नसेले पर्मिलालाई रामेछापमा नराख्ने निधो गरे। गत मंसिर महिनामा नसेले श्रीमती पर्मिलालाई काठमाडौं ल्याए। उनी भीमसेनगोलाको सुकुम्बासी बस्तीमा एक छोरासहित बस्दै आएका थिए। प्रेममा परेका न थिए, सम्पर्क भइहाल्यो। कुमारले पर्मिला काठमाडौं आएको थाहा पाइहाले।

    गत पुसमा कुमार दोलखाबाट काठमाडौं आए। बुद्धनगर लक्ष्मीचोकस्थित डेरामा कुमार आफ्नी जेठी छोरी सन्ध्या श्रेष्ठसँग बस्न थाले। जता बसे पनि जता रहे पनि, आखिर प्रेम न हो। कसरी छुटिन सक्थे र कुमार-पर्मिला।

    गत पुस महिनादेखि दुबै जना आफूखुसी भक्तपुर लोकन्थीमा डेरा खोजेर लिभिङ टुगेदरमा बस्न थाले। यही क्रममा कुमार घरायसी कामले पुस २८ गते दोलखा गए। पर्मिलालाई भने उनले श्रीमान् नसे दमाईकै कोठामा फर्काइदिए।

    कुमार दोलखाबाट माघ ४ गते काठमाडौं पर्किए। उनीहरूबीच पुन: भेटघाट हुन थाल्यो। यही क्रममा माघ २४ गते सिरहा-धनुषा होटल एन्ड लजको कोठा नम्बर १०८ मा दिउँसो २ बजे कुमार र पर्मिला गए। यस क्रममा पर्मिलाले कुमारलाई भनिन् – सधैं यसरी बाहिर बसेर मात्र हुँदैन। अब विवाह गरेर भित्र्याउनू।

    तर, कुमारले सिधै इन्कार गरे। आफ्नी श्रीमती सविनाका कारण त्यसो गर्न नसक्ने भन्दै आफू तनावपूर्ण स्थितिमा रहेको बताए। यस्तै गलफत्तीमा त्यो दिन बित्यो। उनीहरू आ-आफ्नो स्थानमा फर्किए।

    फेरि उनीहरू माघ २६ गते भेटघाटको निर्णयमा पुगे। स्थान त्यही होटल र कोठा नम्बर १०८ मै बसे। लजमा सँगै बसेका बेला प्रेम सम्बन्धलाई कुन दिशा दिने विषयमा दुबैबीच वादविवाद हुन थाल्यो।

    वादविवाद हातपातमा परिणत हुँदै गयो। यस क्रममा कुमारले पर्मिलाको बायाँतर्फको कन्चटमा मुक्का प्रहार गरे। मुक्का प्रहार गरेपछि पर्मिला ढलिन्।

    पर्मिलाले हल्का गरेर मान्छे बोलाउने डर लागेपछि कुमारले नाइलनको डोरीले पर्मिलाको घाँटी कसे। पर्मिलाको प्राण गएपछि त्यही कोठाको खाटमा राखे।

    उनी भने बेलुका साढे ७ बजे गेष्ट हाउसबाट हिँडे। पर्मिलाको मोबाइलसमेत लिएर उनी भागेका थिए। लुकेर बस्ने क्रममा परिसरले माघ २८ गते दिउँसो साढे २ बजे बुद्धनगरस्थित लक्ष्मी चोकबाट कुमारलाई पक्राउ गरेको थियो।

    उनको साथबाट पर्मिलाको मोबाइल सेट र घटना हुँदा च्यातिएको टि-सर्ट बरामद भएको खत्रीले बताए। ‘मार्ने नियतले कुमारले बोलाएको देखिँदैन, वादविवाद हुँदै हातपातको स्थितिमा पुगेको देखिन्छ, आकस्मिक रूपमा मुक्का प्रहारपछि परिस्थितिलाई सम्हाल्न नसकेर कुमार हठात् हत्याको निर्णयमा पुग्छन्,’ खत्रीले भने।

    प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी कुमारलाई सार्वजनिक गर्‍यो। खत्रीका अनुसार दुबैले आफ्नो परिचय लुकाएर होटलमा नाम टिपाएका थिए। पर्मिलाको शव फेला परेको बेला प्रहरीले उनको हत्या गर्ने कुमार थिए भन्ने सुरूमा पत्तै पाएन।

    प्रहरीले सिसिटिभी फुटेज हेर्‍यो। कुमार र पर्मिलाले टिपाएको मोबाइल नम्बर अनुसन्धान गर्न थाल्यो। यसपछि पर्मिला र कुमारका परिवारसँग सम्पर्क भयो।पर्मिलाका श्रीमान् नसेसँग कुराकानी हुँदा कुमार-पर्मिलाको सम्बन्धबारे प्रहरी स्पष्ट हुँदै गयो।

    कुमारलाई प्रहरीले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution