काठमाडौँ– रजनीकान्त महँगो पारिश्रमिक बुझ्ने दक्षिण भारतीय नायक हुन् । ७३ वर्षका अभिनेताले लिने पारिश्रमिक चर्चाकै विषय बन्छ ।
पछिल्लो समय रजनीकान्त आफ्नै छोरी ऐश्वर्याको निर्देशनमा बन्न लागेको फिल्म ‘लाल सलाम’ मा देखिएका छन् । उनले यस फिल्मको ‘केमियो’ का लागि नै करिब ४० करोड भारु पारिश्रमिक बुझ्ने तय भएको भारतीय मिडियाहरूले दाबी गरेका छन् ।
मिडियाहरूकाे दाबीअनुसार रजनीकान्तले ‘स्क्रिन टाइम’को आधारमा फिल्मको लागि शुल्क लिने भएका हुन् । उनले प्रति मिनेटको पारिश्रमिक १ करोड दरले बुझ्ने बताइएको छ ।
यद्यपि निर्माण पक्षले भने रजनीकान्त फिल्मको डाइलग लेखनको काममा समेत सहभागी भएको बताएको छ ।
फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको सो फिल्म स्पोर्स्ट थ्रिल्लर’ हो । जसमा विष्णु विसाल र विक्रान्तको मुख्य भूमिका रहेको छ ।