• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, शुक्रबार
in
होमपेज / अपराध
  • ४७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ‘तपस्वी’ रामबहादुर बम्जनलाई राति १ः३० बजे नै सर्लाही पुर्‍याइयो,आज आज अदालतमा पेश गरिँदै

  • संदेश पत्र
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौंबाट पक्राउ परेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाही ल्याइएको छ। हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्यइएको हो।मङ्गलवार काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण धितालले बताए।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि कारबाहीको लागि काठमाडौं प्रहरीले रातारात बम्जनलाई सर्लाही सदरमुकाम मलङ्गवा पुयाएको हो।बुधवार राति १ः३० बजे सर्लाही ल्याइएका बम्जनलाई हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको छ। दुई वटा आरोप लागेका तपस्वी बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा पेश गर्ने तयारी रहेको एसपी धितालले बताए।

    बम्जनमाथि २०७५ पुस १८ मा २८ वर्षीया रीता बोटेलाई बेपत्ता पारेको आरोप छ।सर्लाहीको साविक कर्मैया गाविस वडा नम्बर–२ र हाल बागमती नगरपालिका–१२ की बोटेलाई बेपत्ता पारेको भन्दै खोजतलासको लागि आमा सोमनी बोटेले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिएकी थिइन्।बाराको हलखोरिया बनबाट बम्जनले बोटे युवतीलाई ’गायब’ पारेको आरोपमा सर्लाही प्रहरीले अनुसन्धान गरी मिसिल बारा जिल्ला अदालतमा पठाइसकेको सर्लाही प्रहरीको भनाइ छ। घटना बारामा भएकाले यस मुद्दामा बम्जनलाई बारा जिल्ला अदालतमा पनि पेश गरिनेछ।

    २०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन सन्तुष्टि प्राप्त गर्ने र यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।बारम्बार यस्तो कुकृत्य गर्नमा बम्जनलाई अन्य दुई जनाले पनि सहयोग गर्ने गरेको निवेदनमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितको नाम ‘क’ राखिएको छ। बम्जनको कब्जाबाट पीडित आफैँ उम्केर प्रहरीमा निवेदन दिएकी थिइन्।

    निवेदनपछि प्रहरीले गहन अनुसन्धान गरेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। २०७७ असार १८ मा प्रहरी कार्यालय सर्लाहीले सरकारी वकिलको कार्यालयमार्फत सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका कार्यालय प्रमुख कैलाश दाहालले रामबहादुर बम्जनसहित अन्य दुई जना मतियारमाथि अनुसन्धान भएको बताए। मतियारहरू ज्ञानकुमार बम्जन र जीतबहादुर तामाङसहित मुख्य अभियुक्त रामबहादुर बम्जनमाथि अदालतमा मुद्दा चलाइएको दाहालले जानकारी दिए। मतियारद्वय बम्जन र तामाङ अदालतमा हाजिर भई धरौटीमा रिहा भइसकेका छन् भने मुख्य अभियुक्त रामबहादुर बम्जन भने फरार रहेका थिए। फरार रहेकै अवस्थामा बम्जन काठमाडौंबाट पक्राउ परेका हुन्।

    यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका मतियार ज्ञानकुमार बम्जनलाई सर्लाही जिल्ला अदालतले गत २०७९ भदौ १० मा एक लाख रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ। यसै गरी अर्का मतियार तामाङलाई सर्लाही जिल्ला अदालतले गत २०८० मंसिर ६ मा एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।तपस्वी रामबहादुर बम्जनलाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण गर्ने मुद्दामा जबरजस्ती करणीसम्बन्धी कानुन नै आकर्षित हुने सरकारी वकिल कार्यालयका प्रमुख दाहालको भनाइ छ। दाहालले उक्त कानुनको दफा २१९ को ३ (ग) बमोजिम ५ लाख जरिवाना र १२ देखि १४ वर्षसम्म कैद सजाय माग दाबी गरिएको जनाए। यौन सन्तुष्टि प्राप्त गर्ने तथा यौन शोषण मुद्दाका लागि बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिने र त्यसपछि युवती बेपत्ता पारिएको मुद्दाका लागि बारा जिल्ला अदालतमा पेश गरिने बुझिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution