काठमाडौं । नेपाल वायुसेवा निगमका विमान चालक (पाईलट) सम्राटबहादुर शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
शाह विक्रम संवत् २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भएका थिए । आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
चालक शाहको शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबिन गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको विज्ञप्तिा उल्लेख छ ।
शाहले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेसन काउन्सिल अन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताए ।