मंसिर २४-काठमाण्डौं, ड्रिम्स डिजिटल प्रा.लि द्धारा आयोजित स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । गत शुक्रबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा ड्रिम्स डिजिटल प्रा.लि का अध्यक्ष गायक तथा निर्देशक दिल कुमार विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रम उप– सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा उप– सभामुख रानाले सरकारले गर्नुपर्ने कार्य ड्रिम्स डिजिटल प्रा.लि ले गरेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा गायक,संगितकार तथा एरेञ्जर इन्द्र जि.सी , सर्जक तथा गायक ऋषि अधिकारी, संगितकार तथा एरेञ्जर वि.वि अनुरागी,गीतकार राजकुमार बगर, गायिका लक्ष्मी न्यौपाने ,नायक तथा मोडल शितल के.सी. सम्मानित भएका थिए ।
यस्तै गायक तथा संगितकार टिका बम्जन, गायक नमराज ढुङ्गाना,सञ्चारकर्मी चन्द्रमणी गौतम, एरेञ्जर तथा संगीतकार राजु खडका, मोडल तथा निर्माता निशान रसाइली, सर्जक शम्भु कुवँर ,गायक जीवन परियार, गायक रेशम कुमार विश्वकर्मा, गायक तथा एरेञ्जर जि.पुन (जित बहादुर पुर्जा पुन), गायक,एरेञ्जर तथा मोडल यमन खनाल, सर्जक तथा गायक विनोद ढकाल, भिडियो निर्देशक रेशम कुमार स्याउली तामाङ,संगितकार तथा ग्राफिक्स डिजाइनर शान्त शिशिर,गायक हेमराज डाँगी, गायक कृष्ण प्रसाइँ, मोडल दिपेश एस.के., मोडल दिप केसी, गायक भिम मगर, गीतकार सिकन्दर ठाकुर, गायक तथा सर्जक अभिनव चौहान, सञ्चारकर्मी शिवराम भण्डारी, दोहोरी सञ्चालक सविन श्रेष्ठ, कलाकार अनिता कार्की, गायक अभिनय यादव, छायाँकार तथा सम्पादक मदन राई, गायिका मिना वेल्बासे, गायक नविन गुरुङ, गीतकार सन्दिप मगर, भिडियो सम्पादक सुविन दाहाल, समाजसेवी शिवदेव पाण्डे तथा चाँगुनारायण रोधि कल्व परिवार सम्मानित भएका छन ।
कार्यक्रममा सम्मानित भएपछि सर्जक तथा गायक ऋषि अधिकारी, संगितकार तथा एरेञ्जर वि.वि अनुरागीले मन्तव्य राखेका थिए ।
गायक इन्द्र जि.सी, रेशम कुमार विश्वकर्माले गीत प्रस्तुत गरेर सबैलाई नचाएका थिए भने दिपेश एस.के.को टिमको उत्कृष्ठ नृत्य प्रस्तुत भएको थियो । २०७२ सालमा गीतसंगित प्रवद्र्धन तथा कलाकारको हितका लागि स्थापित ड्रिम्स डिजिटल प्रा.लि ले २०७४ सालमा दुवैमा सांस्कृतिक कार्यक्रम तथा स्रष्ठा सम्मान कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।