काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख १५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १४ सय ५ रूपैयाँ कायम कायम भएको छ ।