काठमाडौं । जाजरकोट , रुकुम का जनताले भूकम्पबाट आफ्ना आफन्त गुमाएका छन् । उनीहरुको बास खोसिएको छ । उनीहरुलाई बस्न पल समेत छैन । तर पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोक पुगेका छन् ।त्यो पनि दिनकै लाखौ पर्ने होटलमा ।
काभ्रेस्थित धुलिखेलमा रहेको दुसित थानी हिमालयन रिसोर्टमा बस्ने गरी पूर्वराजा आएको होटल स्रोतले जनाएको छ ।‘पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउँसो होटलमा परिवारसहित आउनु भएको छ’ उनले भने, ‘उहाँहरु दुई दिन बस्ने गरि आउनु भएको हो ।’
पूर्वराजपरिवारका सदस्य रिफ्रेसमेन्टका लागि होटलमा आएको हुनसक्ने उनले बताए । धितोपत्र बोर्डका अध्यक्ष रहेका रमेश हमाल स्थानीय साझेदारको रिसोर्ट २ अर्ब ४० करोड लगानीमा असार २२ गतेदेखि सञ्चालनमा आएको होटल नेपालकै लक्जरी मध्येको एक हो ।
दुसित थानी थाइल्यान्डको चर्चित होटेल चेन हो । रिसोर्टमा लक्जरी भिल्लासहित ८५ कोठा छन् । ६३ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा दुसित थानी समूहको ८५ प्रतिशत र स्थानीय साझेदार रमेश हमालको १५ प्रतिशत लगानी छ ।
रिसोर्टमा सेवाग्राहीले सामान्य कोठामा प्रतिदिन न्यूनतम् ३०० डलर खर्च गरी बस्न सक्ने जनाएको छ । त्यस्तै, रिसोर्टको ३ बेडरुमको १५०० डलर तोकेको छ ।
एक दशकअघि नेपाली हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको थाइल्यान्डको प्रसिद्ध ब्रान्ड दुसित थानी होटलको निर्माण सन् २०१८ देखि सुरु भएको थियो ।
दुसित होटल एण्ड रिसोर्टको व्यवस्थापनमा भारत, दुबई, माल्दिभ्स, केन्या, कतार, सिंगापुर, युएई, थाइल्यान्ड, चीनलगायत अन्य ४० भन्दा बढी देशमा होटल तथा रिसोर्ट सञ्चालित छन् ।