पछिल्लो समय सामाजिक अभियन्ता तारा बराल चर्चामा छिन् । उनी नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दसँगको सम्बन्धको कारण चर्चामा छिन् । उनीहरुबीचको सम्बन्धको रहस्य हालै सार्वजनिक भएको एक कागजी सम्झौताले उजागर गरेको थियो ।
सार्वजनिक भएको उक्त लिखित सहमतिअनुसार उनीहरुबीच विवाह गर्ने समझदारी भएको बताईएको थियो । तर, सहमति भएको दुई दिन बित्न नपाउँदै पूर्व आईजी चन्दले उक्त लिखित सहमतिबारे मुख खोलेका छन् । उनले उक्त सहमति कुनै कानूनी डकुमेन्ट नभएको दाबी गरेका छन् ।
उनले उक्त सहमतिपत्र सञ्जय, तारा बराल र एक वकिलले लेखेको जिकिर गरेका छन् । उनले उक्त सहमति–पत्रको कानूनी हैसियत नै नभएको बताउनुले तारासँगको विवाह गर्ने सहमति नभएको स्पष्ट हुन्छ । मिडियाले तारा बराललाई जे पायो त्यही लेखेको हुनाले त्यसलाई खण्डन हुने डकुमेन्ट लेख्ने सहमति भएको उनको स्पष्टोक्ति थियो ।
उनले आफूले विवाह गर्ने कुनै योजना नै नबनाएको जिकिर गरेका छन् । उनले बरु छोराछोरीको विवाह गर्ने बेला भएको पनि सुनाएका छन् । विवाह दर्ता त पालिका र स्थानीय प्रशासनमा हुने कुरा भएको उल्लेख गर्दै कागजमा विवाह नहुने भन्दै तारा बरालसँगको विवाह गर्ने सहमति केही पनि नभएको उनको भनाई छ ।