काठमाडौँको मैतिदेवीबाट प्रहरीले जुवा खेलेको आरोपमा गायक र कलाकारसहित ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा मैतिदेवीमा रहेको नृत्य ‘डान्स फिभर’का सञ्चालक भोजपुर घर भएका गणेश विष्ट, अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, गायक चक्र बम, कलाकार सुलेमान शंकर ‘इकु’ र कोरियो ग्राफर नरेन्द्र विष्ट छन्। त्यसैगरी रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँसमेत बरामद गरेको छ। उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।