काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुको भत्ता बढेको छ । दशैंको मुखमा कर्मचारीको तलब बढाउँदा आलोचना हुने भन्दै बैंकले कर्मचारीको भत्ता वृद्धि गरेको हो ।
राष्ट्र बैंकको पछिल्लो पटक बसेको संचालक समितिको बैठकले भत्ता बढाउने प्रस्तावलाई स्वीकृति दिएको थियो । बैंकले कर्मचारीको भत्ता र भ्रमण भत्ता समान १८.६ प्रतिशतले बढाएको छ । त्यस्तै, अवकाश प्राप्त कर्मचारीले पाउने औषधि खर्च १८ हजारबाट बढेर २४ हजार पुगेको छ ।
बैंकले यसअघि थुप्रै शिर्षकमा भत्ता दिँदै आएको थियो भने आहिले एकमुस्ट रुपमा भत्ता दिन थालेको छ । जुन भत्ता हरेक दुई वर्षमा बढाउने गरिएको छ । त्यस्तै, केन्द्रिय बैंकले आफ्ना कर्मचारीलाई विदेश जाँदा वा स्वदेश मै अन्य जिल्ला जाँदा समेत भत्ता उपलब्ध गराउँदै आएको छ ।
कर्मचारीहरुको सुविधालाई मध्येनजर गर्दै केन्द्रिय बैंकले घर निर्माण गर्दै सहुलियतमा कर्जा समेत उपलब्ध गराउँदै आएको छ । आफ्ना कर्मचारीहरुलाई बैंकहरुको बेस रेट भन्दा पनि कममा कर्जा उपलब्ध गराउँदै आएको छ ।