काभ्रेपलान्चोक । के तपाईलाई ग्याष्ट्रिकको समस्या छ ? या परिवारका सदस्य यस समस्याबाट जुधिरहनुभएको छ ?हुन त “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ ।ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।
यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ। त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।
यदि तपाईलाई पनि ग्यास्ट्रिकको समस्या छ भने भुलेर पनि यी खानेकुरा नखानुहोस्: एसिडिक खानेकुरा: ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु–याउँछ । टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।
दूध र दूधजन्य पदार्थ: दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ ।
यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ । नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।
चिया र कफी: ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।
मसलेदार खानेकुरा: ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।
प्रशोधित खानेकुरा: नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।
ग्यास्ट्रिक निको पार्ने घरेलु उपचार विधि: हाम्रो जस्तो अल्पविकसित मुलुकका बहुसंख्यक मानिसहरुमा ग्यास्ट्रिकको समस्या हुने गरेको छ । खानाको समय नमिल्ने कारणले गर्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ त्यसैले हामीले ठीक समयमा खाना खाने गर्नुपर्छ । ग्यास्ट्रिक भएको समयमा हामीले धेरै कुरामा ध्यान दिने गर्नुपर्छ । ग्यास्ट्रिकलाई हामीले सामान्य रुपमा लिन हुँदैन । यदी ग्यास्ट्रिक बिग्रियो भने आन्द्राको अल्सर हुन्छ ग्यास्ट्रिकको समस्याले सताएर हैरान हुनुहन्छ भने यस्तो उपायहरु उपनाउन सकिन्छः
१) प्रशस्त पानी पिउने: लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ २) लसुन पानीको प्रयोग: बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ
३) खाना समयमा खाने: ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ४) कागती पानीको प्रयोग: पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ । यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन
५) कार्बोहाइड्रड कम खाने: पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ६) दूध नपिउने: ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।