• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन १२, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन १२, शुक्रबार
in
होमपेज / अर्थ खबर
  • ८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अब विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख दिइने

  • संदेश पत्र
  • २०८० श्रावण २५, बिहिबार (१ महिना अघि)
  • फाईल तस्विर

    वैदेशिक राेजगार बाेर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता दिने भएको छ।यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो।यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ।

    वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रूपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बोर्डले यसअघि दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति ज्यादै न्यून भएका कारण बढाइएको बताए।

    ‘धेरै पुरानो निर्णय थियो। अहिलेको अवस्थामा निकै कम भएकाले बढाइएको छ,’ उनले भने।यस्तो सहायता २०६५ सालदेखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो। सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पुर्‍याइएको थियो।

    मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाइएको छ। बोर्डले मृतकका छोराछोरीलाई शिशु कक्षादेखि १२ कक्षासम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। छात्रवृत्ति पनि श्रमिकले वैदेशिक रोजगारीमा जाने क्रममा जम्मा गरेको काेषकै रकमबाट प्रदान गरिँदै आएको छ।

    बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वार्षिक ८ हजार दिँदै आएको थियो। अब भने १२ हजार पाँच सय रूपैयाँ दिन लागिएको हो। त्यस्तै, ९ कक्षादेखि १२ कक्षासम्म वार्षिक १२ हजार रूपैयाँ प्रदान गरिँदै आएकोमा १५ हजार पाँच सय रूपैयाँ दिने निर्णय भएको हो।

    नेपालबाट कामको सिलसिलामा विभिन्न गन्तव्य मुलुक पुगेका ठूलो संख्यामा नेपाली युवाहरूले ज्यान गुमाउने गरेका छन्।कतिपय अंगभंग भएर समेत फर्कने गरेका छन्। पछिल्लो तथ्यांक हेर्दा वार्षिक एक हजारभन्दा धेरैले विभिन्न मुलुकमा ज्यान गुमाउने गरेका छन्। पाँच सयको हाराहारीमा अंगभंग भएर फर्कनु परेको अवस्था छ। बोर्डका अनुसार मृत्यु हुनेमा धेरैजसो प्राकृतिक कारण देखाइएको पाइन्छ। त्यस्तै आत्महत्या, दुर्घटना, हार्टअट्याक जस्ता कारण पनि मृत्यु हुने गरेको उल्लेख गरिएको छ। काम गर्ने क्रममा तथा सडक दुर्घटनालगायत कारण अंगभंग भएर फर्कने गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

    बैंकहरुले भदौका लागि ब्याजदर तोके, कुन बैंकको कति ?

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution