• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / अपराध
  • २७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बिहेको प्रलोभन देखाएर दुई वर्षदेखि लगातार बलात्कार, गर्भमा बच्चा बसेपछि न्याय खोज्दै किशोरी

  • २०८० श्रावण ८, सोमबार (१ साल अघि)
  • फाईल तस्विर

    १६ वर्षीय दोभान (परिवर्तित नाम) यतिबेला न्याय खोज्दै प्रहरी कार्यालय पुगेकी छन् ।
    पश्चिम सुर्खेत घर भएकी ती किशोरीलाई गाउँकै कमल माझी (काले) भनिने २१ वर्षीय युवकले दुई वर्षदेखि बिहे गर्ने प्रलोभनमा बलात्कार गर्दै आएको बताएकी छन्। उनको गर्भमा नौ हप्ताको बच्चासमेत आइसकेको उनको स्वास्थ्य रिपोर्टले देखाएको छ ।

    दलित समुदायकी ती किशोरीलाई माझीले विभिन्न समयमा उनकै कोठामा, घरमा र विद्यालयमा लिएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ। उनको समस्याको समाधान गाउँमै गर्न खोजिए पनि असार ९ गतेदेखि ती युवा फरार छन्। त्यसपछि न्याय माग्दै किशोरी प्रहरी कार्यालयसम्म आइपुगेकी हुन् ।

    विवाह गर्छु भन्दै विभिन्न आश्वासन दिएर दुई वर्षदेखि बलात्कार गर्दै आएको पीडित किशोरीले बताइन् ।

    ‘मायाँ गर्छु, विवाह गर्छु भनेर मलाई कहिल्यै राति कोठामा आएर, कहिले उसकै घरमा त कहिले स्कुलमा लिएरसमेत बलात्कार गर्यो। बच्चा भयो भनेर उसलाई भनेपछि तँ सानो जातको होस्, घरमा स्विकार्दैनन् । भनेर गाउँबाटै भागेर गयो। गाउँ समाजमा कुरा काट्छन्,’ पीडित किशोरीले भनिन्, ‘मलाई यसरी घर न घाटको बनाउने त्यसलाई कारबाही गरेपछि मात्रै मैले न्याय पाउने थिएँ ।’

    पीडित १६ वर्षीय किशोरीले यो वर्ष मात्रै एसईईमा २.४० जीपीए ल्याएर पास भएकी छन्। तीन भाइ, दुई बहिनीमध्ये कान्छी उनले पढेर स्टाफ नर्स बन्ने सपना देखेकी छन् ।

    घटनापछि आफ्नो पढाइ र सपनामा बज्रपात भएको भन्दै उनी अहिले न्याय मागिरहेकी छन्। उनी वीरेन्द्रनगरस्थित एक गैरसरकारी संस्थाको आवास गृहमा आश्रय लिइरहेकी छन् ।

    यही घटनाका कारण उनलाई मानसिक समस्यासमेत देखिएको उनको स्वास्थ्य परीक्षणमा सहभागी चिकित्सक बताउँछन् ।

    दुई वर्षदेखि विवाह गर्छु भन्ने आश्वासन दिएर पटक–पटक यौन सम्बन्ध राखेपछि पीडक परिवारले समस्या समाधानतर्फ ध्यान नदिँदा न्याय खोज्दै प्रहरीसम्म आइपुगेको किशोरीकी भाउजूले बताइन् ।

    ‘हामी त भारततिर नै हुने, घरमा सासू, ससुरा तर नन्द मात्रै थिए। पहिला हामीलाई केही जानकारी भएन। उसले बिहे गर्ने लालच देखाएर पटक–पटक यौन सम्बन्ध राखेको रहेछ। जब नन्दको महिनावारी रोकियो, त्यसपछि मात्रै यो कुरा बाहिर आयो,’दुधे बालक काखमा च्यापेर प्रहरी कार्यालय आएकी किशोरीकी भाउजूले भनिन्, ‘यो समस्या समाधान गर्न हामीले केटा पक्षलाई पनि छलफल गरौं भनेर बारम्बार भन्यौं। तर, उनीहरूले केटा नै भगाएपछि जिल्लासम्म आएका हौं ।’

    पीडित किशोरीका बुवाआमा सामान्य कृषक हुन्। उनका बुवा गाउँघरमा मिस्त्री (घर बनाउने) काम गर्छन्। दिदीको विवाह भइसकेको छ भने दाजु र भाउजूले भारततिर मजदुरी गरेर जीविका चलाइरहेका छन् ।

    यही घटनाका कारण गाउँघरमा उनीहरूबारे नकारात्मक कुराहरू सुनिन थालेपछि बुवाआमासमेत मानसिक समस्यामा परेका छन् । पीडित किशोरीले यही साउन ४ गते प्रहरीमा ती युवकविरुद्ध जबरजस्तीकरणीको जाहेरी दिएकी छन्। युवक फरार भएकोले प्रहरीले उनको खोजी कार्य अघि बढाएको छ ।

    ‘हामीकहाँ जाहेरी आएको छ। किशोरीको स्वास्थ्य परीक्षण र घटनाको मुचुल्कासमेत गरिसकेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम चौधरीले भने, ‘केटा फरार रहेकाले विभिन्न तवरबाट हामीले उसको खोजी कार्य जारी राखेका छौं ।’

    यस्तो छ किशारीको बयान
    गाउँकै छिमेकी काले भनिने कमल माझीले आजभन्दा दुई वर्ष अगाडि म स्कुल गएको बेला मलाई माया गर्छु भनेर भन्यो। मैले केही वास्ता गरेकी थिइन्। निरन्तर मेरो पिछा लाग्न थालेपछि म पनि प्रभावित भएँ । ऊ मभन्दा दुई कक्षा बढी पढ्थ्यो । उसले मलाई विवाह गर्छु भनेर यौन सम्बन्ध राख्यो। त्यसपछि पटक–पटक जबरजस्ती रूपमा यौन सम्बन्ध हुन्थ्यो। प्रतिकार गर्दा विवाह गर्ने त हो नि भन्दै फकाउँथ्यो। ऊ गाउँमा पनि अलि बदमास भनेर चिनिन्थ्यो। जाँडरक्सी र गाँजासमेत सेवन गर्थ्यो ।दिदीको बिहे र दाइ भाउजु भारततिर गएकोले मेरो घरमा बुवाआमा र म मात्रै हुन्थ्यौं। बुवाआमा अर्को कोठा र म अर्को कोठा सुत्थें। ऊ त्यहीँ आएर मलाई जबरजस्तीकरणी गर्थ्यो। म कराउन खोज्दा धम्की दिएर चुप लगाउँथ्यो। त्यसरी नै दिन, महिना हुँदै वर्ष बिते । केही महिना अगाडि एक्कासि मलाई बान्ता भयो, चक्कर लाग्यो । महिनावारी पनि रोकिएको थियो। भाउजू भारतबाट घरमा अएकाले मैले भाउजूलाई सबै कुरा भनें। त्यसपछि उहाँले अस्पतालबाट गर्भ बसेको नबसेको थाहा पाउने किट किनेर ल्याउनुभयो । जचाउँदा बच्चा देखियो। मैले त्यो कुरा कमललाई भनें। उसले मलाई उल्टै मेरो होइन। अरुको होला भनेर आरोप लगायो। फेरि जात नमिल्ने भएकाले तँलाई विवाह गर्न मिल्दैन भन्यो। मेरो घरकाले छलफल गर्ने भनेर भन्दा त्यसको भोलिपल्ट ऊ गाउँबाटै भागेर बेपत्ता भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution