बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ । यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो । आश्चर्यजनक के छ भने, ९० प्रतिशत मानिसको मृत्यु क्यान्सर रोगको कारण नभई उपचारको क्रममा मृत्यु हुने गर्छ । त्यसैले, निकै सावधानीपूर्वक यसको उपचार जरुरी छ ।
के हो क्यान्सर ? क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । क्यान्सरबाट पिडित विरामी सपिजलै ठीक हुँदैनन्, किनकी यस रोगको लक्षण ढिला पत्ता लाग्छ । र, संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता लागेको छैन । समय रहँदै यस रोगको उपचार सही तरिकाले नभएको खण्डलाई यसलाई रोक्न मुश्किल हुन्छ ।
शरीरमा कसरी हुन्छ क्यान्सर ? शरीरमा हजारौको संख्यामा खराब कोशिका हुन्छन् । प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन् । तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन विग्रन थाल्छ । र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ ।
यी ५ खानाको बढी सेवनले निम्त्याउँछ क्यान्सर, १.तारेको खानेकुरा: तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्छ, जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरिदिनेदेखि क्यान्सर लगाउनेसम्मको जोखिम बढाउँछ । उसिनेको खानामा एक्रिलामाइड तत्व कम हुन्छ । त्यसैले उसिनेको परिकार लाभदायक हुन्छ ।
२.रातो मासु: सुंगुर र खसीको फलमासु खान मज्जा आउँछ । तर, यस्तो रातो मासु बढी खाने गर्नाले क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । बार्बिक्यू गरिएका मासु र ससेजजस्ता मांस परिकार बढी खाने गर्नाले पनि क्यान्सरको जोखिम बढी हुन्छ । रातो मासु दिनमा १ सय ४० ग्रामभन्दा बढी खानु हुँदैन । ३.नुन: दिनमा छ ग्रामभन्दा बढी नुन खानु हुँदैन । नुन बढी खाने गर्नाले उच्च रक्तचाप र हृदयाघातको मात्र नभई क्यान्सरको जोखिम पनि बढी हुन्छ ।
४.बोसोयुक्त मासु: बोसोयुक्त मासु र जनावरको बोसो हालेर बनाइएको चिज, बटरजस्ता खाना भरिसक्के खानु हुँदैन । यस्ता खानाले क्यान्सर हुने जोखिम बढाउँछन् । मासुको सट्टा माछा खानु उपयुक्त हुन्छ । ५. रक्सी तथा चुरोट: रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढ्ता नखाने गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । बढी रक्सी खाने गर्नाले मुख, पाठेघर र स्तनसम्बन्धी क्यान्सर हुने जोखिम बढी हुन्छ । त्यसै चुरोट खाने मानीसलाई फोक्सोमा क्यान्सर हुने सम्भावना बढि हुन्छ ।