राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालकसँगै सुतेका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रविका चालक दिलबहादुर थापा गएराती भरतपुर महानगरपालिका ११ स्थित घरको अढाई तलाबाट खसेका थिए ।
सँगै सुतेका ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय चालक थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
लामिछाने घरको भूइँ तलमा सुतेका थिए भने महामन्त्री ढकाल र बोहरा पहिलो तलामा सुतेका थिए। लामिछानेका सवारी चालक थापा र महामन्त्री ढकालका सवारी चालक दोस्रो तलामा सँगै सुतेका थिए। सोमबार बिहान ३:४५ बजेतिर लामिछानेको घर अगाडि सुरक्षाका लागि ड्यूटीमा रहेका प्रहरीले लामिछानेका सवारी चालक थापा छतबाट खसेको थाहा पाएका थिए।
प्रहरीले तत्काल उद्धार गरी थापालाई उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज पुर्याएका थिए। घरको छतबाट खसेका चालक थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।
‘सभापति (लामिछाने) र महामन्त्री ढकालका सवारी चालक घरको दोस्रो तलामा सँगै सुतेका भन्ने जानकारी मिलेको छ। खाना खाएर आइतबार राति सुतेका सवारी चालक थापा बिहान ३:५४ बजेतिर छतबाट खसेको देखेपछि हाम्रो (प्रहरीको) टोलीले उद्धार गरेर अस्पताल पुर्याएको हो,’ एसपी कार्कीले भने।
एसपी कार्कीका अनुसार थापा छतबाट खसेकोबारे आफूलाई केही जानकारी नभएको महामन्त्री ढकालका सवारी चालकको भनाइ छ। थापा छतबाट खस्दा ढकालका चालक सुतिरहेका थिए। ‘सँगै सुतेको हो, तर खसेको थाहा छैन भन्ने कुरा महामन्त्री ढकालका सवारी चालकको छ।
यसबारे हामीले विस्तृत अनुसन्धान गरिरहेका छौं,’ एसपी कार्कीले भने। वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि लामिछाने चितवन २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। लामिछाने सहितको टोलीले सोमबार बारा २ मा चुनावी प्रचार गर्ने कार्यक्रम थियो।
प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामीछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेका थिए। लामिछाने साे घरको भुईँ तलामा सुतेका थिए। दाेस्रो तलामा दीपक बाेहाेरा लगायत सुतेका थिए। तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए।
उनीहरू राति २ बजेसम्म पनि नसुतेको पाइएको छ र तीनतले घरमा रहेको सीसी क्यामेरामा आधा भागबाट मात्रै कभर भएको पाइएको जानकारी दिंदै उनले भने, ‘दिलबहादुर खस्दै गरेको देखिन्छ । भुइँमा रहेको गमलामा उनको टाउको ब’ जारिएको देखिन्छ । अवस्था गम्भीर छ ।’