चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक (ड्राइभर) छतबाट खसेर ग’ म्भीर घाइते भएका छन् ।आज बिहान लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको घरको छतबाट ख’ सेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ को शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खुट्टामा र टाउको चोट लागेको र उनी ग’ म्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।उनी रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक (ड्राइभर) छतबाट ख’ सेर गम्भीर घाइते भएका छन् ।आज बिहान लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको घरको छतबाट ख’ सेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ को शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको खुट्टामा र टाउको चोट चोट लागेको र उनी ग’ म्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।उनी रास्वपाका महामन्त्री मुकुल ढकालका चालकसँगै राति छतमा सुतेको बताइएको छ ।
अहिले टाउकाको अ’ प्रेसनका लागि अप्रेसन कक्षमा लगिएको उनले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।
यसैबीच पूर्वी चितवनको रत्ननगर–१, सौराहाचोकस्थित होटल रिदमको कोठा नं २०१ मा आइतबार आ’ त्मह’ त्याको प्रयास गरेका एक युवालाई रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले उद्धार गरेका छन् ।मिटर ब्याजबाट पीडित रत्ननगर–१०, पर्सौनीका युवा (नाम गोप्य राखिएको)ले होटलको कोठाबाट सु’ सा’ इट नोट लेखेर दिउँसो १ः०९ बजे मेयर सापकोटालाई फोन गर्दै भनेका थिए,
‘ब्याजी टोलीले बाँच्न दिएनन्, अन्तिम भेट गर्न मन लागेको छ, आउनुहोला ।’अकस्मात् आफ्नो फोनमा यस्तो कुरा गरेपछि मेयर सापकोटाले नगरपालिकाको नगरप्रहरीसहितको रेस्क्यु टिमलाई खबर गरी १ः१३ मा पुनः ती युवालाई फोन गरे । आफू रिदम होटलको २०१ नम्बर कोठामा रहेको जानकारी पाएपछि
मेयरले उपमेयर यादवप्रसाद पाठक र वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल र वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईंलाई लिएर होटल पुगे ।ती युवाले फोन गरेको पाँच मिनेटमै पुगेका नगरपालिकाको टिमले होटलमा पुगेर आत्महत्या गर्नबाट रोकेका थिए ।
‘फोन गरेको पाँच मिनेटमै होटलमा पुगेर उनको ज्यान जोगाउन सफल भयौँ’, मेयर सापकोटाले भने, ‘सुु’ सा’ इट नोटमा उनले लेखेको विषयलाई आधार बनाएर उनलाई न्याय दिन स्थानीय सरकार लाग्ने छ ।’उपमेयर पाठकले बन्दकोठामा ती युवाले आ’ त्मह’ त्याको प्रयास गरेको र समयमै घटनास्थल पुगेर ज्यान जोगाउन सफल भएको बताए ।
स्थानीय सरकारले उनको ज्यान जोगाएपछि इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरीको टोली भने आधा घन्टापछि घटनास्थल पुगेको थियो ।आफूले विश्वास गरेर बुबाको नामको जग्गा पास गरिदिएका दाइहरुबाट आफूलाई विश्वासघात भएको उनले ‘सु’ साइ’ ट नोट’मा उल्लेख गरेका छन् ।
उनले रत्ननगर–१०, ओमशान्ति टोलका रामप्रसाद पौडेल, रत्ननगर–१० कै सुदर्शन आचार्य, रत्ननगर–१ का विनोद पौडेल र रत्ननगर–१२, सालघारीका रामशरण नेपालबाट आफूले धोका पाएको उल्लेख गरेका छन् ।आफ्नो आर्थिक व्यवहार बिग्रिएपछि आमाबुबा, भाइ, बहिनी, दाजुभाउजू कोही पनि नबोल्ने र
श्रीमतीले समेत सम्बन्धबिच्छेद मागेको हुनाले आफू यो संसारमा नरहने निर्णय गरेको पौडेलले सु’ साइट नोटमा लेखेका छन् ।उनको उद्धार गरी इलाका प्रहरी कार्यालय, रत्ननगरमा बुझाइएको छ । प्रहरीले घटना दर्ता गर्दै ‘सु’ साइ’ ट नोट’मा उल्लेखित व्यक्तिहरुलाई झिकाइ अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।
आ’ मह’ त्याको प्रयास गरेका ती युवाले केही महिनाअघि फेसबुकमा स्टाटस लेख्दै काठमाडौँमा आ’ त्मदा’ ह गरेका प्रेम आचार्यको जस्तै नियति मिटर ब्याजीका कारण घट्न सक्ने भन्दै बताएका थिए । उनले ‘अनुदान पाइने प्रलोभनमा परेर आफूले चार करोड रूपैयाँ सिध्याएको’ ब्यहोरा उल्लेख गरेका थिए ।
दुई महिनाअघि एक चिया पसलमा भेटिएका उनले भनेका थिए, ‘पाँच रूपैयाँसम्म ब्याज तिर्दातिर्दै म मर्ने अवस्थामा पुगिसकेको छु । तपाईंहरुले एकदिन मेरो पनि प्रेम आचार्यकै जस्तो नियति देख्नुहुनेछ ।’ उनले भनेका थिए, ‘ऋण र ब्याजका कारणले घरमा बसिनसक्नुको अवस्था छ ।
श्रीमतीसमेत डि’ प्रेसनको अवस्थामा पुगिसकेकी छन् । दिनहुँको टर्चरले मैले कुनैबेला पनि अप्रिय निर्णय लिन सक्छु ।’नभन्दै उनले सेतो तन्ना बेरेर आ’ त्मह’ त्या गर्न लागेका बेला मेयरसहितको टिमले उद्धार गरेको छ । मान्छे मर्नेसम्मको अवस्थामा पुर्याउने मानिसको अनुसन्धान गरी न्याय दिलाउन स्थानीय सरकार लागिपर्ने मेयर सापकोटाको भनाइ छ ।