सिक्किममा हिम पहिरोमा परि मिती २०७९ चैत्र २१ गतेका दिन ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ।
साथै ३ नेपालीसहित १३ जना घाइते भएका थिए । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको हो।
स्व. आशिका ढकाल दाहाल शहिद स्मृती बहुमुखी क्याम्पस बि.एड. प्रथम वर्षमा अध्यनरत थिइन् । उनी सिक्किम भ्रमण गर्ने क्रममा हिम पहिरोमा परेकी थिइन् ।
साथै नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन्।
उनीहरू घुम्न त्यहाँ पुगेका थिए। मंगलबार मध्याह्न गान्तोक-नाथुला जेएनएम सडकमा हिउँ पहिरो गएको थियो।
हिउँ पहिरोमा करिब ५ सय पर्यटक फसेका थिए। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाबाट आफू दुखी भएको उल्लेख गरेका छन्। उनले घाइतेहरूको सरकारले उपचार गर्ने पनि बताएका छन्।
काठमाडौं । कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने।