काठमाडौँ / चर्चित लोक गायिका कमला घिमिरे दोहोरी गाउँदा गाउँदै यसरी भक्कानिईन, कसैको आँखा ओभानो रहेन । यो पनि
आमा महान् हुन्। कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन्। उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई)
शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले गलाको तिलहरी पसलमा धितो राखेर शुल्क तिरेकी हुन्।
कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छिन्। ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको
शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन। अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ।’