• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २६, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ६ दिन अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ६ दिन अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ६ दिन अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २६, शुक्रबार
in
होमपेज / संदेश टि.भी.
  • ९५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सरोजको खल्तीमा राजारामले कण्डोम राखिदिएपछि…(भिडियोसहित)

  • संदेश पत्र
  • २०७९ चैत्र २४, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    म सानैदेखि अलि छुकछुके स्वभावको । शान्त भएर बस्नै नसक्ने । के गरौं, के गरौं भइरहने । अरूलाई चलाउने, जिल्याउने कुरामा माहिर छु । मैले आफ्नै बुवा र हजुरबालाई समेत बाँकी राखेको छैन । मेरो हजुरबा निकै कडा प्रवृत्तिका । घरमा मात्र होइन, टोलमा पनि मान्छेहरू उहाँसँग डराउने । उहाँको सामुन्ने पर्दा पनि असजिलो हुने ।

    त्यसबेला म निकै सानो थिएँ । हजुरबाले भन्नुभो, ‘ए, यहाँ आएर ढाड मिचिदे ।’ म उहाँको कोठामा गएँ । घोप्टो परेर पल्टनुभएको थियो । मैले उहाँको ढाड मिचिदिएँ । हजुरबा भुसुक्कै निदाएछन् । अब मलाई के गरौं कसो गरौं भयो । उहाँको जनै तुर्लुङ्ग झुन्डिएको देखें । त्यसलाई बार्दलीको डन्ठीमा बाँधिदिएँ । निद्रा खुलेर जुरुक्कै उठ्दा कस्तो भो होला ?

    फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले नसताएको होस् । रातिको सुटिङ पर्यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने । त्यसछि तीन, चार दिनसम्म म उहाँको अगाडि नै परिनँ । त्यसबेला हाम्रो पुरानो घर थियो । बिजुलीका तार यत्रतत्र लत्रिएका थिए । तारमा लस्करै झिंगा बसेको देखें ।

    यसो हेरें, यसलाई के गरौं भयो । झिंगालाई सरर्र हातमा तानेर प्लाष्टिकमा राखें । प्लाष्टिकमा त राखें अब के गर्ने ? काकाको कोठामा गएको, त्यहाँ कोट झुन्ड्याइरहेको रहेछ । त्यसैको खल्तीमा हालिदिएँ । भोलिपल्ट काका अफिस जानलाई कोट लगाएको रे, खल्तीमा भुँनुनु गर्छ । यसो छामेर हेरेको प्लाष्टिक छ ।

    निकालेर हेर्दा त झिंगा नै झिंगा । उहाँले भन्नुभएछ, यो पक्कै पनि राजारामको काम हो । राति उहाँले मज्जाले झपार्नुभयो । एकपटक मैले बुवालाई पनि तकियामुनि झिंगा राखिदिएको छु । रातभर भुनुनु हेलिकप्टर चलेको जस्तो आवाज आउँछ रे ! यसो हेरेको झिंगा छ । म चकचक नगरी बस्नै नसक्ने ।

    कुनै तालुखुइले मान्छे देखें भने रबर तन्काएर उसको टाउकोमा कागजको डल्लाले हिर्काउने । अनि केही थाहा नपाएको जस्तो गर्ने । म जस्तो मान्छेसँग पनि जिस्कने, जस्तो मान्छेलाई पनि चलाउने । अनुहार हेरेर, नाता हेरेर, योजना बनाएर चकचक गर्ने होइन । अन द स्पट जे भेटिन्छ, त्यही गर्ने । फिल्म क्षेत्रमा त्यस्ता मान्छे कमै होलान्, जसलाई मैले सताएको नहोस् ।

    रातिको सुटिङ पर्यो भने त कसैलाई सुत्नै नदिने । मलाई निद्रा नआउने । अरू निदाएको छ भने उनीहरूलाई पनि निदाउन नदिने । चलाएर हुन्छ कि, पानी छर्किएर हुन्छ कि निद्रा विथोलिदिन्थें । त्यसैले छायांकनको बेला म छु भने प्रायः सबै कलाकार अलि सतर्क भएर बस्छन् । यसले केही पो गरिहाल्छ कि भनेर सजग हुन्छन् ।

    किरण केसी ‘राता मकै’ त म भएपछि चौबीसै घण्टा सतर्क हुन्छन् । एकदिन मदन दाइको घरमा के कार्यक्रम थियो । सबैजना लस्करै बसिरहेका थिए । भित्तामा एउटा पोस्टर रहेछ । त्यही हेर्ने निहुँले जुरुक्कै उठें । अनि सरासर गएर किरण केसीको फिलामा कचक्कै कुल्चिएर उभिएँ । ‘ए मार्यो, मार्यो’ भन्दै ऊ चिच्याउन थाल्यो ।

    सरोज खनालसँग कण्डम काण्ड
    यसबारे त मैले धेरै पटक भनिसकें । यो २५–३० वर्षअघिको कुरा हो । बन्दीपुरमा गएका थियौं, ‘सान्नानी’ फिल्मको छायांकनका लागि । त्यसबेला बन्दीपुरमा होटलहरू थिएनन् । हामीलाई बस्नका लागि घर–घरमा व्यवस्था गरिएको थियो । त्यसबेला सरोजजी (सरोज खनाल) र म एउटै रूममा बसेका थियौं ।

    त्यहाँ रहँदा एकजना व्यापारी हुनुहुन्थ्यो, अहिले त उहाँ स्वर्गीय हुनुभएछ । उहाँले हामीलाई खानाका लागि निम्तो गर्नुभएको थियो । सरोजजी, नारायण पुरी, म बसेर खाना खाइरहेका थियौं । त्यही बेला स्थानीय एक व्यापारी आए । उनले केही सामान पनि बोकेका थिए । यसो हेरेको उहाँको झोलाबाट कन्डोमको लामो माला झुन्डिएको रहेछ ।

    मैले भनें, ‘दाइ एउटा दिनु न ।’ उहाँ कराउनुभयो, ‘किन ? तपाईंलाई यसको के काम ?’ मैले ढिपी गरें, ‘होइन, दिनु न ।’ उहाँले एउटा झिकेर दिनुभयो । मैले खल्तीमा हालें । कोठा पुगेपछि लुगा फेर्दै थिएँ, कन्डोम हातमा आयो । अब के गर्ने ? यसो हेरेको भित्तामा सरोजजीको जिन्सको कट्टु झुन्ड्याइरहेको रहेछ । त्यसैको खल्तीमा हालिदिएँ ।

    पछि काठमाडौं आइयो । त्यो कुरा बिर्सिसकेको थिएँ । एकदिन सरोजजीको फोन आयो । ‘दाइ तपाईंले मेरो खल्तीमा केही हालिदिनुभएको थियो ?’ ‘खै मैले त भुलें । के भयो र ?’ सरोजजीले भने, ‘कन्डोम हालिदिनुभएको थियो खल्तीमा ?’ ‘ए, हो हो ।’ ‘हत्तेरी दाइ’ सरोज झोक्किए, ‘कस्तो बर्बाद भो दाइ ।’

    के भएछ भने बिहान उठेर उहाँकी श्रीमती सूर्यमाला बाथरुममा लुगा धुन जानुभएछ । बाथरुममा सुँक्क सुँक्क रुन थाल्नुभएछ । सरोजजीले भनेछन्, ‘के भो भन न ?’ सूर्यमालाले फुत्त कन्डोम फ्यालिछन् । सरोजजी छक्क । सरोजजीले सोचेछन्, यो उपटपट्याङ गर्ने त राजाराम नै हो । ‘लु लु दाइ सूर्यमालालाई एकपटक सम्झाइदिनु’ भन्दै सरोजजीले भने ।

    सूर्यमालालाई फोन दिए । सूर्यमाला झोक्किएर बोलिन्, ‘के हो दाइ यस्तो ?’ मैले आगोमा घिउ थपिदिएँ, ‘त्यही त मैले सरोजजीलाई भनेको यस्तोमा लाग्नुहुन्न भनेर । उहाँ मान्दै मान्नुभएन । छाड्दिनुहोस् जे भो, भैगो ।’ सूर्यमालाले रिसाएरै फोन राखिदिइन् । पछि त उहाँहरूको झन्डै सम्बन्धविच्छेद नै भएछ नि ! (राजाराम पौडेलसँगको कुराकानीमा आधारित)

    कति धेरै बद्मास राजाराम पौडेल (हेर्नुस् भिडियोहरु) :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    यस्तो छ रेखा थापाको फिल्म ‘उपहार’को पहिलो गीत

    भाइरल सिम्रनलाई प्रमोदको सुझाव – म्युजिक क्लास ज्वाइन गर्नु, पढाइ बिगार्दै नबिगार्नु

    छोटो समयमै चर्चा धेरै, ‘उजेली जुनेली’ मा चेलीको वैदेशिक पीडा

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution