• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर ३, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ३ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ४ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ५ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ५ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ५ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ५ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर ३, बुधबार
in
होमपेज / संदेश टि.भी.
  • ३३३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • माताको धन्दा चैट हुँदै (भिडियो)

  • संदेश पत्र
  • २०७९ चैत्र २१, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । पासपोर्टमा झारफुक गरे भिसा लाग्छ भन्ने अन्धविश्वासमा पनि हामी नेपाली पर्छौं । विदेश जाने चक्करमा तह तहका दलालहरुले त हाम्रो पैसा लुट्छन् लुट्छन्, त्यसअघि भिसा लाग्ने विश्वासमा परेर कथित माता, कथित स्वामीहरुलाई पनि हामी नै पैसा बुझाउँछौं ।

    काठमाडौं शोभाभगवतीमा यस्तै अन्धविश्वासको व्यापार गरिरहेकी मनोकामना माता अर्थात जेनी श्रेष्ठको असूलीधन्दाबारे हामीले एक स्टिङ अपरेसन गरेपछि ती माता कहाँ जानेहरुको संख्या ह्वात्तै घटेको छ । यो असूली धन्दा बन्द हुने चरणमा छ ।

    राहदानी झारफुक गरेर भिसा लाग्ने विश्वास बाँड्न सफल काठमाडौंकी एक कथित माताको असूली धन्दाबारे विशेष रिपोर्ट प्रशारण भएपछि अहिले अवस्था फेरिएको छ ।

    काठमाडौं शोभा भगवतीस्थित माता मनोकामनाको आश्रम अहिले सुनसान प्रायः देखिएको छ ।

    विदेश जाने प्रयासमा रहेका युवाको राहदानीमा यी माताले जनही १५ सय रुपैयाँ, आश्रमकै पुजा सामाग्री खरिदमा अनिवार्यता गरेर कमाउ धन्दा चलाएकी थिइन् ।

    राहदानीमा समेत झारफुक गर्ने यो अनौठो धन्दाबारे कार्यक्रम सिधाकुरा जनतासँगको ९७९औं शृङ्खलामा हामीले एक रिपोर्ट प्रशारण गरेका थियौं ।

    रिपोर्ट प्रशारण हुनुअघि माताको आश्रममा पासपोर्टमा झारफुक गराउनेहरुको भिड लाग्ने गथ्र्यो ।

    यो क्रम अहिले नाम मात्रैको छ । अर्को शब्दमा भन्ने हो भने अन्धविश्वासको यो धन्दा अब बन्द हुने चरणमा पुगेको छ ।

    हाम्रो रिपोर्ट प्रशारण हुनुअघि दैनिक २५ सय जति मानिसहरु यहाँ पुग्थे । यो संख्या घटेर अहिले सयको हाराहारीमा पुगेको छ ।

    वास्तविक नाम जेनी श्रेष्ठ भए पनि यी महिला यसबीच ‘मनोकामना माता’को उपनामले चर्चित थिइन् ।

    राहदानीमा झारफुक गराउँदा भिसा लाग्ने विश्वास यीनले टिकटकमा भिडियो अपलोड गरेर आर्जन गरेकी थिइन् ।

    पासपोर्टमा माताले छोएपछि भिसा लाग्ने, भाकल गरेर पैसा चढाए मनका कामनाहरु पूरा हुने भ्रम छरिएको थियो । माताको प्रभावकै कारण भिसा लागेका कुनै तथ्यांक र प्रमाण भने सार्वजनिक भएका थिएनन् ।

    माता कहाँ १५ सय बुझाएर पासपोर्ट झारफुक गराउँदा भिसा लाग्ने अन्धविश्वासमा परेर धेरै सर्वसाधारण यहाँ पुग्ने गरेका थिए ।

    हाम्रो स्टिङ अपरेसनका क्रममा हामीसँग पनि १५ सय रुपैयाँ मागिएको थियो ।

    यो प्रकरणको पहिलो श्रृङख्लाका बेला पनि हामीले जेनी श्रेष्ठसँग कुराकानी गर्ने प्रयास गरेका थियौं । तर उनका पतिले उनको भोकल कर्डमा समस्या रहेको बताएका थिए ।

    अहिले फलोअपमा हामी त्यहाँ पुग्दा पनि भोकल कर्डमै समस्या रहेको भन्दै आफ्नी पत्नीलाई हाम्रो क्यामेराबाट परै राखे ।

    जवाफमा जेनीका पति रामकुमार खड्गीले शुल्क तोकेर रकम असूली नगरिएको जिकिर गरे ।

    तर आश्रमका कर्मचारीले शुल्क १५ सय नै भएको हामीलाई बताएका थिए । सो अडियो हामीले अघिल्लो शृंखलामा प्रशारण पनि गरेका थियौं ।

    शुल्क तोकेर असुली धन्दाको खुलासा गर्ने कर्मचारीलाई चाहिँ कामबाट निष्कासन गरिएको हामीले यसपटक जाँदा थाहा पायौं ।

    रामकुमारले १५ सय शुल्कबारे जानकारी दिने व्यक्तिलाई आफूले नचिन्ने र ति आफ्ना कर्मचारी नभएको भन्दै बचाउमा उत्रिए ।

    म्याद गुज्रिसकेको र कतै भिसाका लागि आवेदन समेत नदिएको यो पासपोर्ट लिएर माता कहाँ हामी पुगेका थियौँ ।

    माताले डेट एक्स्पाएर भइसकेका पासपार्टबाट १५ सय रुपैयाँ निकाल्छिन् । अनि उनले ‘कुन देश जाने ? ’ भन्ने प्रश्न गर्छिन् । हामीले अष्ट्रेलिया भन्न नपाई उनले हाम्रो लागि गरिदिने पूजाआजा सिध्याउँछिन् ।

    जेनीका पतिले श्रद्धालुको अनुहार हेरेर भविष्यवाणी गर्ने भएकोले राहदानीको मिति हेरिरहन आवश्यक नभएको बताउँछन् ।

    जेनी र उनका पति रामकुमारले सर्वसाधारणलाई माता कहाँ पासपोर्ट झारफूक गराएपछि भिसा लागेको भन्ने बोल्न लगाएर टिकटिकमा अपलोड गर्दै आएका थिए । टिकटकमा समेत भ्रामक सन्देश फैल्याएका यी दम्पत्ती अहिले पनि आफूहरुको कामले ‘पासपोर्टमा भिसा लाग्ने वा नलाग्ने तय नहुने’ भन्न सकिरहेका छैनन् ।

    (भिडियो)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ५%१%४%२%४%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    यस्तो छ रेखा थापाको फिल्म ‘उपहार’को पहिलो गीत

    भाइरल सिम्रनलाई प्रमोदको सुझाव – म्युजिक क्लास ज्वाइन गर्नु, पढाइ बिगार्दै नबिगार्नु

    छोटो समयमै चर्चा धेरै, ‘उजेली जुनेली’ मा चेलीको वैदेशिक पीडा

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution