मिनबहादुर तामाङ
काठमाडौं /तामाङ समुदाय तथा सिङ्तान तामाङहरो लब्थवा(कुल पुजारी),लबोन,डम्फुरे,ताम्बा,गन्वा,चोहो,बोन्बो(झाक्री),तामाङ समुदायको इतिहासकार स्व:जालिम सिङ सिङ्तान र उहाको जिबनसङ्गीनी स्व:जिन्जिलीमाया सिङ्तानको जेष्ठ सुपुत्र लाल बहादुर सिङ्तानको विशेष पहल तथा सिङ्तान परिवारको पहलमा मकवानपुर जिल्लाको वाग्मती गाउपालिका ठोटरिखोलास्थित निर्माण सम्पन्न स्तुपा(छ्योर्तेन)को धर्मगुरु लोपेन लामा पेमादोर्जे मोक्तानको बहुलीबाट असन्न चैत २१ र २२ गते बौद्ध पराम्परा अनुसार विधिबत शुद्धीकरण शु-प्राण प्रातिस्ठा(राब्ने) उद्घाटन तथा विभिन्न ब्याक्तिहरुलाइ सम्मान कार्यक्रम हुने भएको छ।
सम्यक सम्बोधी स्तुपा निर्माण समितिको आयोजनामा निर्मित उक्त छ्योर्तेन निर्माण गर्नको लागि जग्गा भने स्वर्गीय जालिम सिङ सिङतानको खन्तरे छोरा बेथान्चोक गाउपालिका काभ्रेपलान्चोक निवासी डिल बहादुर सिङ्तानले दान गर्नुभएको थियो।
९५ बर्षको उमेरमा २०७९ असार २९ गते स्वर्गवास हुनुभएका जालिम सिङ सिङ्तान र स्व: जिन्जिलिमाया सिङ्तानको सात जना छोराहरु क्रमशः लालबहादुर सिङ्तान,स्व:बलबहादुर सिङ्तान,सोनम सिङ सिङ्तान,धन बहादुर सिङ्तान,जनक बहादुर सिङ्तान,डिलबहादुर सिङ्तान,जङ्गबहादुर सिङ्तान तथा छोरी सानुमाया तामाङ रहनुभएका छ्न।तामाङ समुदायलाइ अतुलनीय योगदान गर्नु हुने स्व: जालिम सिङ सिङ्तान विशेष अङ्क सन्देशमन्च साप्ताहिकमा समेत प्रकाशन भैसकेका छ्न।