आज श्री शाके १९४५ बि.स.२०७९ चैत्र २० गते सोमबार (इश्वी सन २०२३ अप्रिल ३ तारिख) चैत्र शुक्ल पक्ष त्रयोदशी तिथी पूर्वफाल्गुनी नक्षत्र गण्ड योग वालव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा ध्वांक्ष योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु प्रदोषव्रत । आज बृष, मिथुन, सिंह, कन्या, तुला, धनु, मीन राशिका लागि दिन शुभ रहेको छ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारमा सामान्य मनमुटाब आउन सक्दछ । गरिरहेको कार्यमा सामान्य झण्झट आउन सक्दछ । मान्यजनको सहयोगबाट काम बन्ने योग रहेको छ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटबाट राम्रो काम बन्नेछ । स्वास्थ्यमा सामान्य आउन सक्दछ । विश्वास गरेका व्यक्तिहरुबाट धोका हुन सक्दछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक अभाव झेल्नु पर्ने हुन सक्दछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । यात्रा गर्ने अवसर आउनेछ । काम गर्ने क्रममा दबावको महसुस हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा राम्रो रहेको छ । नजिकका साथीभाईले धोका दिन सक्दछन् । प्रतिस्पर्धात्म क्रियाकलापमा हार व्यहोर्नु पर्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यको थालनि गर्ने अवसर आउनेछ । साझेदारी काममा विशेष ख्याल गर्नु होला । आम्दानी बढ्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ । पारिवारिक सहयोग पाउनु हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो समय रहेको छ । मनोरञ्जन क्षेत्रमा बढि समय व्यतित हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । तत्कालिन आर्थीक अभाबको सामना गर्नु पर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाईहरुबाट टाढा हुनु पर्नेछ । बोली प्रभाव बढ्नेछ । निर्णय गर्ने क्षमताको बृद्धि हुनेछ । मान्यजनहरुको सहयोगबाट काम बन्नेछ । अरुका कारण गरेको काममा अपजस आउन सक्दछ विशेष सजग रहुन होला । नसोचेको क्षेत्रमा आकस्मिक खर्च बढ्ने र मनमा खिन्नता आउन सक्दछ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।