• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / कला/मनोरंजन
  • १७९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ‘मिस पबी’लाई २० सेकेन्डको भिडिओले दिलाएको ख्याति

  • २०७९ चैत्र १९, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    डडेलधुराकी पवित्रा साकीले गत वर्ष वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन् । टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो । तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे ।

    कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग । ‘हिँड्दा हिँड्दा मेरा खट्टा थागिगाः’ भिडिओमा उनले भनेकी थिइन् । ख्याल ख्यालमै डोटेली भाषामा बनाइएको टिकटक भिडिओ एकाएक भाइरल हुन पुगेपछि उनले झन् धेरै टिकटक भिडिओ बनाउन थालिन् ।

    बिस्तारै उनको चर्चा अनि ख्याति पनि बढ्दै गयो र डडेलधुराकी पवित्रा साकी मिस पबी भनेर चिनिन थालिन् । बिस्तारै उनको चर्चा चुलिन थाल्यो । यतिसम्मकी हाल उनले म्युजिक भिडिओ, धारावाहिक शृङ्खलादेखि विज्ञापन सम्ममा अभिनय गर्न थालेकी छन् । आफ्नै गाउँ ठाउँमा बोलिने भाषा धेरैले रुचाउँदा आफूलाई अघि बढ्न हौसला मिलेको उनी बताउँछिन् ।

    डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाकी मिस पबी बोल्दा अनि सुन्दा ‘निकै मिठो’ लाग्ने डोटेली भाषामा समसामयिक विषयहरू समेटेर टिकटक बनाउँछिन् । उनले आफ्ना साथीभाइहरूबाट टिकटकबारे थाहा पाएकी थिइन् । एक वर्ष अघिसम्म उनको टिकटक अकाउन्ट थिएन । अरूकै टिकटक हेरेर रमाउने गर्थिन् ।

    ‘सायद मैले आफ्नै भाषा नबोलेको भए यति चर्चा हुँदैनथ्यो र कसैले पनि चिन्दैनथे होला,’ मिस पबीले भनिन्, ‘मलाई मेरै भाषाले चिनायो । त्यसैले डोटेली भाषाप्रति गर्व छ ।’ सुदूरपश्चिमवासीहरू पनि उनले कमाएको ख्यातिप्रति खुसी रहेको आफूले अनुभूति गरेको उनको भनाइ छ ।

    विगतमा आफ्नो भाषा बोल्न लाज मान्नेहरूले हाल गर्व लाग्ने आफूलाई भन्ने गरेको उनी बताउँछिन् । नेपालको सुदूरपश्चिममा बोलिने भाषा सुन्दा सुरुसुरुमा के यो नेपालकै भाषा हो भनेर समेत प्रश्न गर्ने गरेको अनुभव मिस पबीको छ । उक्त क्षेत्रका एक जना अग्रज पत्रकार डीआर पन्त ठाउँ अनुसार डोटेली भाषाको लवज फरक भए पनि शब्द र त्यसको अर्थ भने एउटै हुने बताउँछन् ।

    ‘आफ्नै भाषामा धेरैले टिकटक बनाए पनि युवापुस्ताकी ‘ग्ल्यामर’ भएकाले मिस पबीलाई धेरैले मन पराएको पाइन्छ,’ उनले भने । पछिल्लो ११ महिनामा मिस पबीको जीवनमा थुप्रै परिवर्तन भएका छन् । सुरुवाती चरणमा घाँस दाउरा काटेको, पशु चौपाया हेरेको अनि मल फालेको भिडिओहरू पोस्ट गर्ने उनी हाल नाचगान, रमाइला ठाउँहरूको बयान गर्नेदेखि सन्देशमूलक भिडिओहरूबाट प्रशंसा बटुल्दैछिन् ।स्रोत : बीबीसी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्रहरीमाथि गायिका आस्थाको कटाक्ष: न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि मामा

    चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

    प्रेम सम्बन्धकाे चर्चासँगै धिरज र उपासनाको जोडी फेरि पर्दामा देखिने

    ‘गुमनाम सुपरस्टार’ विष्णु माझीको गीतले बनायो नयाँ रेकर्ड, २ दिनमै हेरियो ३१ लाख पटक

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution