काठमाडौँ :
धेरै जनालाई आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलले सताउने गर्छ । किशोरावस्थादेखि नै विभिन्न कारणले यस्तो समस्या देखिने गर्छ । पढाइ, कामजस्ता कुराको तनाव, कम निद्रा, कम पानी पिउनु, हार्मोनमा
परिवर्तन र अनियमित जीवनशैलीले डार्क सर्कल बस्छ । त्यसबाहेक वंशाणुगत कारण पनि डार्क सर्कल बस्न सक्छ । तर डार्क सर्कल भयो भन्दैमा आत्तिहाल्नुपर्दैन । घरेलु तरिका अपनाएर पनि यसबाट छुटकारा पाउन सकिन्छ ।
टी ब्यागको प्रयोग:-
टी ब्यागको प्रयोगले पनि डार्क सर्कल जान्छ । चिया खाइसकेपछि टी ब्यागलाई निकालेर फ्रिजमा राख्न सकिन्छ । जब चिसो हुन्छ, तब आँखावरपर राख्दा विस्तारै डार्क सर्कल हराउँदै जान्छ ।
आलुको रस:-
आलुले डार्क सर्कल कम गर्न पनि मद्दत गर्छ । आलुलाई पिसेर सकेसम्म आलुको रस निकाल्नुपर्छ । अलिकति कपास लिएर आलुको रसमा पूरै भिजाएर आँखामा राख्नुपर्छ । लगातार यही प्रक्रिया बारम्बार दोहोर्याउँदा यसको प्रभाव देखिन्छ ।
आइस:-
आइसलाई आँखाको वरपर राख्दा पनि डार्क सर्कल कम हुन्छ । त्यसमा भएको चिसोपनले डार्क सर्कल कम गर्न मद्दत गर्छ ।
काँक्रा:-
ब्युटी पार्लरमा काँक्राको टुक्रा मानिसको आँखामा राखिएको धेरैले देखेका छौं । यो फेसनको लागि मात्र राखिएको हुँदैन । यसले आँखालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ । यसका लागि काँक्रालाई आधा घण्टासम्म फ्रिजमा राख्नुपर्छ र त्यसपछि त्यसका टुक्राहरू काटेर आँखामा राख्नुपर्छ ।
यी स्लाइसहरू आँखामा १० मिनेटसम्म राख्नुपर्छ र त्यसपछि आँखा धुनुपर्छ । तपाईंले ताजा महसुस गर्नुहुनेछ र डार्क सर्कल केही दिनमा कम हुन थाल्नेछ । डार्क सर्कल जस्तै ब्ल्याकहेड्स पनि अनुहारमा देखिने आम समस्या हो । यो १८ वर्षको उमेर देखि ५० वर्षभन्दा माथि उमेरसमूह पनि देखा पर्छ ।
घामको किरणको प्रभाव, प्रदूषण, अवस्थ खानपानका कारण ब्ल्याक हिट्स आउने गर्छ । यसले पनि अनुहारको चमक कम भइरहेको हुन्छ । तर अनुहारमा ब्ल्याक हिट्स देखिएको छ भने चिन्ता लिन पर्दैन । घरको भान्सामा पाइने सामग्रीको प्रयोगबाट यसबाट छुटकारा पाउन सकिन्छ ।
नुन र चिनीको स्क्रब:-
नुन र चिनीले स्क्रब गर्दा पनि ब्ल्याक हेड्स जान्छ । नुन र चिनी मिसाएर अनुहारमा लगाएर स्क्रब गरेमा ब्ल्याक हेड्स हट्दै जान्छ । बेकिङ सोडा:- ब्ल्याकहेड्स हटाउन बेकिङ सोडा राम्रो उपाय हुन सक्छ । यसले अनुहारको फोहोरमैला राम्ररी हटाइदिन्छ । साथै सूक्ष्म प्वालमा जमेको मैला समेत यसले हटाइदिन्छ ।
कागतीको रस:-
कागतीको रस दाग–धब्बा हटाउन निकै उपयोगी हुन्छ । यसले ब्ल्याकहेड्स राम्ररी निस्कन्छ । कागतीमा रहेको पोषक तत्व र भिटामिन समेत छालाको लागि फाइदाजनक हुन्छ ।
दालचिनी:-
हाम्रो भान्सामा उपलब्ध हुने अर्को वस्तु हो दालचिनी, जो ब्ल्याक हेड्स हटाउन उपयोगी हुन्छ । यसका लागि कागती र बेसार पनि आवश्यक हुन्छ । यी तीनै चीज मिश्रण गरेर अनुहार सफा गर्नुपर्छ ।
सनस्क्रिनको प्रयोग जरुरी:-
हाम्रो अनुहारको छालाको लागि नभई नहुने कुरा हो सनस्क्रिन । यो बच्चादेखि वृद्धासम्मले लगाउन जरुरी छ । यसले छालालाई डढ्न दिंदैन । हातको तीनवटा औंलामा क्रिम लिएर अनुहारमा लगाउने गर्नुपर्छ । सनस्क्रिन लगाउनुअघि मोइस्चराइजर लगाउनुपर्छ । घर बस्दा सनप्रोटेक्सन फ्याक्टर (एसपीएफ) ३० भएको सनस्क्रिन लगाउन सकिन्छ । घरबाहिर भएको बेलामा एसपीएफ ५० देखि माथि लगाउँदा ठीक हुन्छ ।