काठमाडौँ– आज दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भागमा मौसमसफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैगरी रातिको मौसम पनि दिउँसोसँग प्रायः मिल्दोजुल्दाे छ ।
‘देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ,’ महाशाखाले भनेको छ, ‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका पहाडी भागका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको संभावना रहेको छ । मधेस र कोसी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।’