• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २०, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    १ हफ्ता अघि

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    १ हफ्ता अघि

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ३ हफ्ता अघि

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ३ हफ्ता अघि

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ३ हफ्ता अघि

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ३ हफ्ता अघि

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ३ हफ्ता अघि

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    १ महिना अघि

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १ महिना अघि

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    १ महिना अघि
FLASH NEWS
  • १प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास
  • २संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार
  • ३निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ
  • ४बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन
  • ५पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
  • ६एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो
  • ७साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा
  • ८श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० जेष्ठ २०, शनिबार
in
होमपेज / अपराध
  • ५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सापटी रकम फिर्ता नगरेको झोंकमा हत्या, हत्यापछि फालियो पानी ट्यांकीभित्र

  • संदेश पत्र
  • २०७९ चैत्र १७, शुक्रबार (२ महिना अघि)
  • फाईल तस्विर

    तनहुँमा महिलाको हत्या गरी पानीट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो।

    धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-१२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको थियो। उनी पोखरामा फलफूल तथा बदाम बेच्ने काम गर्थिन्।

    उनको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-५ घर भई पोखरा-७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरेको हो। प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ। उनी पोखरा-४ का ४० वर्षीय सुन व्यवसायी रविनकुमार गहतराज हुन्।

    गत आइतबार बिहान ११ बजे म्याग्दे गाउँपालिका-४ मनहरीस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्यांकीभित्र शव फेला परेको भन्ने सूचना प्रहरीले पाएको थियो। केही दिनदेखि पानीमा गन्ध आइरहेको भन्ने खबर पाएपछि खानेपानीका कर्मचारी गएर ट्यांकी हेर्दा शव फेला परेको हो।

    उक्त ट्यांकीबाट १३६ घर परिवारलाई पानी वितरण गरिएको थियो। त्यस ट्यांकीको पानी खाएर केही बिरामी समेत परेको प्रहरीले जनाएको छ।

    कार्यालयका प्रमुख एवं एसपी अबदेश विष्टका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो।

    ‘खबर पाएपछि मेरो नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो। शव निकालेर हेर्दा टाउकोमा चोट, घाँटीमा रातो रंगको पछ्यौराले कसेको, बायाँ कान च्यातिएको, छाती र पेट गलेको, निधारमा चोट, छाला खुइलिएको अवस्थामा थियो,’ उनले भने।

    सुरूमा ती महिलाको सनाखत भएको थिएन। तर उनको गोजीमा एउटा चिट फेला परेको थियो।

    उक्त चिटमा फोन नम्बर लेखिएको एसपी बिष्टले बताए। उक्त नम्बरको आधारमा बुझेर पोखरामा रहेका मृतकका छोरासँग सम्पर्क भएको थियो।

    उनकै छोराले मृतकको सनाखत गरेको एसपी विष्टले बताए। शवको प्रकृतिले पनि कसैले लुटपाट गर्न हत्या गरेको हुनसक्ने प्रहरीको आशंका थियो। त्यस अनुसार प्रहरीले प्राविधिक रूपमा अनुसन्‍धान अघि बढाएको थियो।

    अनुसन्धानको क्रममा प्रहरीले उनको कल रेकर्डहरू पनि निकालेको थियो। उक्त रेकर्डमा पछिल्लो समय प्रकाशसँग धेरैजसो कुराकानी हुने गरेको खुलेको एसपी विष्टले बताए।

    शान्तिका श्रीमान केही समयअगाडि नै बितेका थिए। पछिल्लो समय प्रकाशसँग पटक/पटक भेटघाट तथा कुराकानी हुन्थ्यो।

    ‘उनीहरूबीच दुई वर्षअघि चिनजान भएको थियो। पटकपटक भेटघाट पनि भएको र व्यावहारिक रूपमा नगद पनि आदानप्रदान भएको रहेछ,’ एसपी विष्टले भने।

    शान्तिले उनीसँग १० हजार रुपैयाँ लिएकी थिइन्। तर उनले माग्दा फिर्ता गरेकी थिइनन्।

    गत फागुन २१ गते भने प्रकाश काठमाडौं जाने भन्दै हिँडेका थिए। उनी तनहुँ आएका थिए।

    ‘तनहुँबाट बिहानै शान्तिलाई फोन गरेको रहेछ। त्यसपछि शान्तिले पनि त्यही एक जनासँग लिनुछ, लिएर दिन्छु भनेपछि उनी पनि तनहुँ आइन्,’ एसपी विष्टले भने, ‘तर केही गरी पैसा मिलेन। उनका छोरा पनि बिरामी छन् भनेर दिन सकिनन्।’

    पैसा फिर्ता गर्न नसकेपछि प्रकाशले शान्तिको फोन लिएर भाग्न खोजेका थिए। तर शान्तिले प्रतिकार गर्दा प्रकाशले इँट्टाले हिर्काए। उनले फेरि सलले घाँटी पनि न्याँकेर हत्या गरेको प्रहरीले जनाएको छ।

    शान्ति हराइरहेको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि निवेदन परेको थियो। तर उनी फेला परेकी थिइनन्।

    उनको शव फेला परेपछि अनुसन्धानकै क्रममा प्रहरीले बुधबार शुक्लागण्डकी नगरपालिका-१ थप्रेकस्थित ससुरालीबाट उनलाई पक्राउ गरिएको थियो।

    उनलाई पक्राउ गरेपछि प्रहरीले गरगहनाको पनि खोजी गरेको छ। प्रकाशले लुटेको गहना पोखरा-४ महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलमा बिक्री गरेका थिए। सुन व्यवसायी रविनकुमारले बिनाबिल उक्त सुन किनेका थिए। उनले बरामद गरेको सुनको स्वरूप नै परिवर्तन गरी ८० लालको सुनको ढिक्का बनाइसकेका थिए।

    त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

    प्रहरीले दुबै जनामाथि कर्तव्य ज्यान मुद्दा शिर्षकमा सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

    ताजा समाचार
    १

    प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    २

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    ३

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ४

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ५

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ६

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ७

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ८

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    ९

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १०

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    समाचार
    थप

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution