अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठबीचको प्रेम सम्बन्ध लुकेको थिएन । केही वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्ने तयारी रहेको चर्चा चलेको समेत धेरै समय भइसक्यो ।
सौगात र सृष्टिले पनि आफूहरूबीचको प्रेम सम्बन्धलाई स्वीकार गर्दै विवाह गर्ने तयारीमा रहेको खुलासा गरेका थिए ।
यतिबेला भने यी दुईबीच ब्रेकअप भएको हल्ला छ ।
सृष्टिले आफ्नो इन्स्टाग्रामबाट सौगातसँगका अधिकांश तस्वीरहरू हटाएकी छिन् । यसअघि उनको इन्स्टाग्राममा सौगातसंगका तस्वीरहरू थुप्रै थिए ।
भदौंमा प्रदर्शनमा आएको फिल्म ‘माइकल अधिकारी’का तस्वीरहरू यतिबेला उनको इन्स्टाग्राममाभएपनि सौगातसँगका अन्य तस्वीरहरू सृष्टिले हटाएकी छिन् ।
सोही कारण कतै यी दुईको सम्बन्धमा दरार आएको त होइन भन्ने हल्ला फिल्मवृत्तमा सुरु भएको हो । यता सृष्टिको फेसबुक पेजमा भने ६ महिना अघि सार्वजनिक गरेका सौगातसँगका तस्वीरहरू देख्न सकिन्छ ।
उसो त सेलिबे्रटीहरुले सामाजिक सञ्जालबाट तस्वीर हटाउँदा सम्बन्धमा दरार आएको र ब्रेकअप भएको यस अगाडिका धेरै उदाहरण छन् । त्यसैले पनि सौगात र सृष्टिबीच पनि सो हल्ला चलेको हुनुपर्छ । यतिबेला सृष्टि परिवारसँग यूकेमा छिन् भने सौगात नेपालमै छन् ।
यी दुईले भने पछिल्लो समय आफूहरूको सम्बन्धबारे केही बोलेका छैनन् । सौगातका यसवर्ष मात्रै ‘कबड्डी ४’, ‘दुई नम्बरी’ फिल्म हिट भएका छन् । सृष्टिको नयाँ फिल्म ‘प्रेमा’ भोलिदेखि प्रदर्शनमा आउँदैछ ।
सौगात र सृष्टिले अभिनय गरेको ‘माइकल अधिकारी र राधा’ गत भदौंमा प्रदर्शनमा आएका थिए ।