• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / जीवनशैली
  • ३३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?

  • संदेश पत्र
  • २०७९ चैत्र ११, शनिबार (२ साल अघि)
  • फाईल तस्विर

    कलंकी बस्ने टामिरा जोशीको दाँत राम्रोसँग उम्रियो तर त्यो धेरै समय टिक्न नपाई कालो हुन थाल्यो। सुरूआती चरणमा थोरै देखिएको दाँतको कालो दिन दुईगुणा, रात चौगुणाका दरले बढ्न थाल्यो। उनका अभिभावकले अगाडिको दाँत पूरै कालो भएपछि गुलियो खानेकुरा खुवाउन बन्द गराए। विस्तारै उनको दाँतले चपाउन बन्द गर्‍यो, दुख्न पनि थाल्यो। समस्या निकै बढेपछि मात्रै उनलाई उपचारका लागि लगियो।

    अहिले उनको माथिल्लो दाँत सबै झरेको छ, नयाँ पलाउने क्रम जारी छ। केही ठाउँमा नयाँ दाँत उम्रने ठाउँमा मासु पलाएपछि दन्त चिकित्सकले उपचार गरिरहेका छन्।टामिराको भाइ टिष्टानको दाँत पनि विस्तारै दिदीको जस्तै बन्दै गइरहेको छ। उनको परिवारले यसलाई वंशाणुगत समस्या पो हो कि भन्ने शंका गरेका छन्। निषेधाज्ञाका कारण चिकित्सकलाई देखाउन नपाएको ती अभिभावकको भनाइ छ।

    कालिमाटीका सात वर्षीय कृपेश श्रेष्ठको पनि दाँत बिग्रिएको छ। उनको परिवार दूधे दाँत बिग्रिएर केही नहुने भन्दै ढुक्कसँग बसेको छ। आमा कमला श्रेष्ठले भनिन्, ‘पहिलो दाँत बिग्रिए पनि दोस्रो दाँत आउला, राम्रो आइहाल्छ भनेर उपचार गराएका छैनौं।’

    कृपेशकी आमा कमलाले भनेजस्तो नयाँ दाँत आउँदा समस्या हल नहुने, झनै बल्झने बताउँछिन् दन्त चिकित्सक सूर्या थापा। ‘बालबालिकाले कस्तो खाना खाइरहेका छन्, उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर बुझ्न उनीहरूको दाँत हेरे पुग्छ,’ मोडलसमेत रहेकी थापाले भनिन्।

    उनका अनुसार, नराम्रा खाना बालबालिकाले खाएका छन् भने उनीहरूको दाँतमा किरा लाग्न सुरू गरिहाल्छ। खराब दाँतकै कारण बालबालिकामा पेटको समस्यादेखि अन्य विभिन्न समस्या देखिन सुरू गर्छ।उनले भनिन्, ‘मानिसको मुख सफा र स्वस्थ नहुँदा नै विभिन्न रोगको सुरूआत हुन्छ। स्वस्थ खाना खाएको छ तर किरा लागेको दाँतले उक्त खाना चपाएको छ भने त्यो रोगरहित छ भन्न सकिँदैन।’

    अन्य रोगका चिकित्सककहाँ पुग्दा आधा रोग निको भएको अनुभूति गर्ने बिरामी दाँतको डाक्टरसँग भने डराउँछन्। किनभने, दाँतको समस्या निकै पीडादायी रोग हो। यसलाई अन्य रोगको तुलनामा महँगो रोगका रूपमा पनि लिइन्छ।‘ठूला मानिस नै दाँतको समस्या खप्न नसकेपछि डेन्टिष्टकहाँ पुग्छन् भने बालबालिकाको त कुरै छाडौं,’ थापाले भनिन्, ‘अहिलेसम्म मेरो बच्चाको दाँत हल्का कालो भयो भनेर मकहाँ कुनै अभिभावक आएका छैनन्।’ समस्या अन्तिम अवस्थामा पुगेपछि मात्रै आफूकहाँ उपचारका लागि आउने गरेको उनको भनाइ छ।

    किन बिग्रिन्छ बालबालिकाको दाँत?दन्त चिकित्सक थापा बालबालिकाको दाँत बिग्रिनुको मुख्य कारण जंक फुड र गुलिया खानेकुरा भएको बताउँछिन्। ‘हिजोआज जंक फुड र गुलिया खानेकुरा बालबालिकालाई अधिक मात्रामा खुवाइन्छ, दाँत बिग्रनुको मुख्य कारण यही हो,’ उनले भनिन्।

    थापाका अनुसार जंक फुड या गुलिया चकलेट लामो समयसम्म दाँतमा अड्कन्छ। यसले तुरुन्तै दाँतमा अड्केका जंक फुडका टुक्रालाई एसिडमा परिणत गर्छ र दाँत गलाउन सुरू गर्छ।

    सूर्या थापा, दन्त चिकित्सक : दूधे बालबालिकाको दाँतसमेत खराब भइरहेकोबारे उनले भनिन्, ‘कतिपय बच्चालाई बोतलमा राखिएको दूध चुसाएर या आमाले स्तनपान गराएरै सुताउने चलन छ, यो बच्चाको दाँतका लागि हानिकारक छ। यसलाई मेडिकल भाषामा ‘अर्ली चाइल्डहुड क्यारिज वा नर्सिङ बोतल क्यारिज’ भनिन्छ।’थापाका अनुसार पहिलो चरणमा आएका दाँत बिग्रिए पनि अभिभावकले अर्को दाँत राम्रो आउने आशामा उपचार गराउँदैनन्। बालबालिकाको दाँत खराब हुनुमा यसले पनि भूमिका खेल्छ।

    बालबालिकाको दाँत पहिलो चरणमा खराब बनेको छ भने नयाँ दाँत पलाउने समय नहुँदै झर्न थाल्छ। दन्त चिकित्सक थापाले भनिन्, ‘यसरी नयाँ आउनेभन्दा पहिले नै झर्दा पछि आउने दाँतले बाटो पहिल्याउन सक्दैन। जसले गर्दा नयाँ दाँत आउँदा बाङ्गो-टेडो बनेर आउने, खप्टिने या फिट्टा भएर आउने हुन्छ।’आजभोलि अधिकांश स्कूल पढ्ने बालबालिकाका दाँत तारले बाँधेको भेटिनुको कारण दूधे दाँतलाई हेलचेक्र्याइँ गर्दाको परिणाम भएको उनले बताइन्। यसबाहेक वंशाणुगत कारणले पनि दाँत खराब बन्छ। कतिपय अवस्थामा बालबालिकाको दाँत नियमितरूपमा ब्रसिङ र फ्ल्सिङको अभावमा पनि खराब बन्नसक्छ।

    कसरी जोगाउने त?दन्त चिकित्सक थापा यसको सबैभन्दा गतिलो उपाय बालबालिकालाई गुलियो र जंक फुडबाट टाढा राख्नुपर्ने बताउँछिन्। ‘दिनमा तपाईंको बच्चाले एक/एक घण्टामा जंक फुड या गुलियो खान्छ भने त्यसलाई लम्ब्याएर दिनमा एकचोटी मात्रै दिने गर्नुहोस्। बच्चाले जंक फुड या गुलियो खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने या ब्रस गर्ने बानी बसाल्नुहोस्,’ उनले भनिन्।

    दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउनुपर्ने चिकित्सक थापाको सुझाव छ। यसो गर्दा बालबालिकाको दाँत स्वस्थ राख्न सकिने उनको भनाइ छ।गुलियो खानेकुरा बालबालिकालाई मात्रै हैन, ठूला मानिसलाई समेत मनपर्छ। ‘यसको गतिलो उपाय भनेको खाना खाइसकेपछि डिजर्डको रूपमा गुलिया खानेकुराको प्रयोग गर्नु हो,’ उनले भनिन्, ‘खाना खाइसकेपछि गुलिया खानेकुरा खान्छन्, अनि दाँत माझ्छन्, यसले दाँतमा कुनै समस्या पुर्‍याउँदैन।’

    बालबालिकाको दाँत छ महिनामा एकपटक दन्त चिकित्सकलाई देखाउनुपर्ने हुन्छ। तर, समस्या जटिल बनेपछि मात्रै आउने गरेको थापाले बताइन्।‘दूधे बालबालिका जसको एक/दुई वटा मात्रै दाँत आएका छन्, उनीहरूलाई सुताउनुअघि नरम कपडा र पानीले सफा गरिदिनुपर्छ। दाँत सफा भइसकेपछि दूध खुवाउनु हुँदैन,’ थापाले भनिन्, ‘यदि बच्चाको दूध चुसेर मात्रै निदाउने बानी छ भने बोतलमा पानी दिन सकिन्छ। यसले बच्चाको दाँतलाई फाइदा गर्छ।’

    बालबालिकाको दाँत स्वस्थ राख्ने अर्को उपाय भनेको बिहान, बेलुकी अनिवार्य ब्रस गर्नु हो। थापा भन्छिन्, ‘बालबालिकाको दाँत माझ्नका लागि मञ्जन र ब्रस छुट्टै पाइन्छ। चिकित्सकको सल्लाहमा त्यस्ता ब्रस र मञ्जन दिन सकिन्छ।’

    बालबालिकालाई बदाम, काजुजस्ता खानेकुरा खुवाउँदा दाँतका लागि पनि फाइदाजनक हुने उनले बताइन्। ‘यदि तपाईंको बच्चाले थुक्न जान्ने भएको छ भने सुगर फ्रि चुइगम दिन सकिन्छ, यसले दाँतलाई फाइदा गर्छ,’ उनले भनिन्।दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउनुपर्ने चिकित्सक थापाको सुझाव छ। यसो गर्दा बालबालिकाको दाँत स्वस्थ राख्न सकिने उनको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    हिटर बाल्नु हुन्छ? यसरी गुर्नहोस् सही प्रयोग!

    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?थाहा पाउनुहोस

    वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?जान्नुहोस

    विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार सामग्रीहरु जान्नुहोस

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution