कतिपय महिलाहरुको स्तन आवश्यकभन्दा ठूलो वा सानो आकारको हुने गर्दछ । यस्तै कतिपय महिलामा भने वक्षस्थलको साइज घटबढ अथवा असमान आकारको समेत हुने गर्दछ । त्यस्ता महिलामा दाहिने स्तन देब्रेको तुलनामा सानो हुने अथवा देब्रेको तुलनामा दाहिने भागका स्तन सानो हुने गर्दछ ।
यस्ता शारीरिक संरचनाका कारण कतिपयले महिला तथा युवतीले असहज तथा अप्ठ्यारो महशुस गरिरहेका हुन्छन् । जसकारण आफ्नो वक्षस्थलको आकार घटबढ गर्नकै निम्ति उनीहरु चिकित्सक एवम् विभिन्न शारीरिक तालिम केन्द्र समेत धाउने गर्छन् ।
यसको दौडधुपमा विशेषगरी नायिका तथा सेलीब्रेटि पर्सनालिटिहरु अग्रस्थानमा रहेको देखिन्छ । एक किसिमले भन्नुपर्दा वक्षस्थलको आकार महिलाको निम्ति आत्मविश्वास एवम् सहजताको विषय पनि हो । जसकारण पनि महिलाहरु आफ्नो उचित एवम् वक्षस्थलको चाहाना राख्छन् ।
हुन पनि झट्ट हेर्दा आर्कषक र आफूलाई सहज हुने शारीरिक बनावट कसको इच्छा नहोला र ? उसो भए सबै महिलामा वक्षस्थलको आकार किन समान हुँदैन त ? दाँया एवम् बाँया भागको वक्षस्थलका आकारमा केले प्रभाव पार्छ त ?
असमान स्तनको आकार वास्तवमै महिलाको आत्मविश्वासका निम्ति घातक रहेको छ । तर, यो सबै महिलाले बुझ्न आवश्यक छ कि प्रत्येक महिलाको दाहिने एवम् देब्रे स्तनको आकार फरक–फरक रहेको हुन्छ । र, यो प्राकृतिक पनि हो ।
तर, यदि भर्खरै मात्रै तपाईको स्तनमा आएको विभिन्न गाँठो एवम् डल्लोका कारण स्तनको आकारमा घटबढ भएको हो भने तपाईले चिकित्सकको सल्लाहमा त्यसको उपचार वा शल्यक्रिया गर्नुपर्दछ ।
यसका कारण
अधिकांश चिकित्सकहरु यसलाई वशांणुगत प्रभावको प्रतिफल मान्छन् । एस्ट्रोजेनलाई साना एवम् किशोरीहरुमा स्तन विकासमा मद्दत पुर्याउने महत्वपूर्ण तत्व मानिन्छ । यो किशोरीहरुमा स्तनको बढ्दो अवस्थादेखि नै सुरु हुन्छ ।
यो किशोरीमा महिनावरी शुरु भएको दुईदेखि चार वर्षपछि शुरु हुन्छ । तसर्थ यसबीचमा पनि महिलाको स्तनको आकार असमान हुन्छ । गर्भअवस्था र महिनावारीका कारण पनि स्तनको आकार परिवर्तित भइरहन्छ ।
केहि महिलाको एउटा स्तनमुनि मात्रै लागेको मासु वा मोटाइका कारण पनि एक स्तन ठूलो र अर्काे सानो देखिन्छ । तीव्र रुपमा बढेको तौललाई पनि यसको कारक तत्व मान्न सकिन्छ ।
समाधानका उपाय
असमान स्तन आकारमा समान ल्याउनको लागि डाइट र व्यायामको योगदान महत्वपुर्ण देखिन्छ । यसका लागि निम्न किसिमको व्यायाम गर्न सकिन्छ,
सर्वप्रथम सीधा उभिने ।
आफ्नो कुहिनालाई थोरै झुकाएर हातलाई आफ्नो हिप्सको भागमा राख्नुहोस् ।
अब विस्तारै तपाईको कुहिनालाई पछाडि लैजाने र कुहिना एक आपसमा जोड्न खोज्नुहोस् ।
यसले तपाईको छातीका मांसपेशीलाई फैलाउन मद्दत गर्दछ ।
दिनमा कम्तिमा यो व्यायाम १० पटकसम्म गर्नुहोस् ।
आफ्नो हत्केलालाई स्तनमाथि राख्ने र १० सेकेन्डका लागि बेस्सरी दबाउनुहोस् ।
यसले स्तनको मांसपेशी फिट बनाउनमा मद्दत गर्दछ ।
स्तन वृद्धिका लागि तिलको प्रयोग उपयुक्त मानिन्छ ।
यसका साथै तिलको तेलले स्तनमा मसाज गरेर पनि स्तनको आकार वृद्धि गर्न सकिन्छ ।