• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    २ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    २ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ २, शुक्रबार
in
होमपेज / समाचार
  • ४६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फेवातालका डुंगा चालकको पनि मापसे जाँच

  • संदेश पत्र
  • २०७९ चैत्र ५, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ : ट्राफिक प्रहरीले सडक र राजमार्गमा सवारी कुदाउने चालकहरूले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्ने काम अनौठौ हैन। तर, पोखरामा ट्राफिक प्रहरीले त्योभन्दा फरक गरेको छ। ट्राफिक प्रहरीले यहाँ फेवातालमा डुंगा चलाउने चालकहरुकै मापसे चेक थालेको छ।

    तालमा डुंगा चलाउनेहरुले मादक र लागुपदार्थ सेवन (लापसे) गरेको गुनासो बढ्न थालेपछि हल्लनचोकको डुंगाघाटमा पुगेर मापसे र लापसे परीक्षण गरेको हो। सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र फेवा डुंगा व्यवसायी समितिको संयुक्त टोलीले शुक्रबार त्यहाँका करीब ५० जना चालकहरुको परीक्षण गरेको हो।

    सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष नेत्रलाल भण्डारीका अनुसार चेकजाँचको क्रममा मापसे र लापसे सेवन गरेका चालक भने भेटिएनन्। बरु, सवारी गुडाउँदा जस्तै चालकहरुले लापर्वाही भने गरेको भेटियो।

    ‘सुरक्षाको लागि डुंगा चालक र यात्रु दुवैले लाइफ ज्याकेट अनिवार्य रुपले लगाउनुपर्छ,’ उनले भने, ‘७० जना जतिलाई चेकजाँच गर्दा केही चालकले ज्याकेट लगाउने तर टाँक नलगाउने, तालको बीचमा गएपछि ज्याकेट नै फुकाल्ने गरेको पाइयो।’

    नियम उल्लंघन गर्नेहरुलाई सम्झाइ–बुझाइ छाडिएको उनले बताए। उनले चालकहरुलाई मादक पदार्थ निषेध गरिएको र सेवन गरिएको पाइए प्रहरी एवं डुंगा व्यवसायी संघको समन्वयमा कारबाही गरिने पनि बताए।

    फेवा र बेगनास तालमा डुंगा दुर्घटना भइरहन्छन्। केही समयअघि भएको दुर्घटनामा एक महिलाको निधन भयो। फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीका अनुसार पछिल्ला ९ वर्षमा भएका ८ वटा डुंगा दुर्घटनामा ९ जनाको ज्यान गएको छ।

    केहीलाई उद्धार गरिएको छ। उनका अनुसार हावाहुरी चल्ने चैत–वैशाखको समयमा डुंगा दुर्घटनाको जोखिम बढी हुन्छ। दुर्घटनाबाट बँच्नको लागि चालक र यात्रु दुवैलाई लाइफ ज्याकेट अनिवार्य गरिए पनि लापर्वाही हुने गरेको उनले स्वीकारे।

    ‘हाम्रै चालकहरुले मापसे गरेको गुनासो आयो, चालकलाई मापसे गर्न बन्देज छ, यात्रुको सुरक्षा हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौँ,’ फेवा डुंगा व्यवसायी संघका अध्यक्ष गिरीले भने, ‘चालकले मात्र हैन, यात्रुले पनि डुंगा चढ्दा मापसे नगरेको राम्रो हुन्छ।’

    उनका अनुसार फेवा डुंगा व्यवसायी समितिमा आवद्ध ७६७ वटा डुंगा चल्छन्। केही व्यक्ति र संस्थाले निजी डुंगा चलाउने गरेको पनि उनले बताए।सामुदायिक सेवा केन्द्रका अध्यक्ष भण्डारीले आउँदा दिनमा पनि डुंगा चालकहरुको चेकजाँच गरिने जानकारी गराए।

    ‘चालक जिम्मेवार हुनैपर्छ,’उनले भने,‘यात्रुको हकमा भने बन्देज लगाउन असजिलो हुँदो रहेछ, हाम्रो निगरानी सवारी चालकमाथि मात्रै हो। यात्रुलाई संयम हुन, डुंगाको छेउमा नबस्न, लाइफ ज्याकेट नफुकाल्न अनुरोध गर्नेसम्म रहेको छ।’

    पर्यटकहरु रमाउनकै लागि घुम्न आउने धारणा राख्दै उनले थपे,‘जसरी बाटोमा मोटरसाइकल पछाडि बस्नेको हैन, चालकको चेकजाँच हुन्छ, हामीले गरेको पनि त्यस्तै हो।’

    उनले अनुगमनको क्रममा यात्रुहरुले लाइफ ज्याकेटमात्र हैन, कपडा नै खोलेर टिकटक बनाउने, पौडन खोज्ने गरेको देखिएको पनि बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution