• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / कला/मनोरंजन
  • २१६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कपाल काटिने पीरले फिल्म अस्वीकार !

  • संदेश पत्र
  • २०७९ चैत्र ५, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    हिरो बनेर ठूलो पर्दामा छाउने रहर कसलाई हुँदैन र ? फिल्म खेल्न मानिसहरू वर्षाैंसम्म निर्माता–निर्देशकको चाकडी गर्छन् । साथीभाइ, आफन्तको सोर्सफोर्स र भनसुन लगाउँछन् । आफँै निर्माता बनेर करोडौँ रुपियाँ डुबाउन पनि पछि पर्दैनन् । तर कमेडी च्याम्पियन विजेता भरतमणि पौडेल भने फिल्ममा हिरोको आफर एक एक गर्दै अस्वीकार गरिरहेका छन् । कारण हो– उनको लामो कपाल । लामो कपाल काट्नुपर्ने पीरले आफूले फिल्म अभिनय अस्वीकार गरिरहेको उनी बताउँछन् ।

    ‘कमेडी च्याम्पियनमा जब मैले पारस शाहको गटेअपमा प्रस्तुति दिएँ, त्यो निकै हिट भयो । त्यो समयमै मलाई धेरै कार्यक्रमको कन्ट्याक हात पर्यो’, उनले भने, ‘तर त्यो गेटअपमा आफैँलाई असहज महसुस हुन्थ्यो । फिल्मको अफरमा कपाल काट्नुपर्ने बताइयो । त्यसैले जति नै अफर आए पनि अस्वीकार गर्दै आएको छु ।’ फिल्म नगर्नुको अर्काे कारण अहिले नै ठूलो पर्दामा हौसिएर फाल हान्न उचित नठानेको पनि उनले सुनाए ।

    ‘अहिले नै ठूलो पर्दामा हाम फाल्नुभन्दा आफूलाई थिएटरमा ज्वाइन गराएर आफ्नो प्रतिभा निखार्दै आफूलाई माझेर भित्रियो भने आफैँलाई नै न्याय गरेको जस्तो हुन्छ,’ उनले थपे । ठूलो पर्दाको फिल्ममा अफर गर्ने जतिलाई तपाईंहरू एक दुई वर्षपछि फेरि अफर गर्नुस् भनेर बुझाएर पठाउने गरेको उनी बताउँछन् ।

    अहिलेसम्म छवटा फिल्ममा मुख्य भूमिकाको अफर उनलाई आएको छ । सबै फिल्म अस्वीकार गरेका छन् । तीमध्ये चारवटा फिल्म उनलाई अभिनय गरौँ नै भन्ने लागेको थियो । अभिनय निखारेर मात्र फिल्म क्षेत्रमा उत्रिने सोचले अफर स्वीकार्न नसकेको उनले बताए ।

    कतिपय कलाकार फिल्मको अफर कहिले आउला भनेर कुर्छन् । उनी भने छोडिरहेका छन् । यसले भोलिका दिनमा नकारात्मक असर गर्न सक्छ । उनलाई आउँदो दिनमा फिल्मका अफर नमिल्न पनि सक्छ । त्यो चिन्ता उनलाई पटक्कै छैन । कारण सुनाए, ‘मैले जति फिल्म छोडे, कन्भिन्स गराएर छोडेको छु । म जोसँग सम्बन्ध बनाउँछु, लामो समय टिक्ने गरेर बनाउँछु ।’

    फिल्म भनेको ठूलो पर्दा हो । त्योभन्दा माथि अर्काे पर्दा छैन । त्यसैले पनि उनी फिल्ममा पूरै तयारी साथ होमिन चाहन्छन् । ‘म रङ्गमञ्चबाट आएको मानिस हो । त्यसैले अहिले स्टेजलाई माया गरिरहेको छु,’ उनले अगाडि भने, ‘अहिले फिल्म छाडेकाले पछि अफर नआउलान् कि भनेर चिन्ता केही छैन ।’ ‘राम्रो काम गर्दै गयो भने छवटा मात्र होइन एक दर्जन फिल्मको अफर आउँछ ।’

    केको फुर्सद हुन्थ्यो ?
    भरतमणि कमेडी च्याम्पियन प्रतियोगिताबाट चर्चित भएका कलाकार हुन् । त्यसमा प्रतियोगी भएदेखि नै चर्चामा रहन सफल उनी पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेर सवत्र्र चिनिएका थिए । प्रतियोगिताको विजेता बनेपछि भने उनी अहिले हराएजस्तै छन् ।

    कहाँ छन् ? के गर्दै छन् ? कसैलाई अत्तोपत्तो छैन । सामाजिक सञ्जालमा भरतमणि हराएका हुन् ? भन्न प्रश्न उठिरहेका छन् । आफू नहराएको र देश विदेशका स्टेज कार्यक्रम धेरै व्यस्त भएकाले सामाजिक सञ्जालमा देखिन नभ्याएको उनी बताउँछन् । ‘धेरै अगाडिदेखिको कार्यक्रम कन्ट्याक अहिले पूरा गरिरहेको छु । कमेडी च्याम्पियन सकेपछि मात्रै ५, ७ देश कार्यक्रमका लागि गए । हरेक देशमा दुईदेखि सातवटासम्म कार्यक्रम गरिरहेको छु । अहिले सास फेर्ने फुर्सद छैन,’ उनले अगाडि भने, ‘२०८० को असारसम्मका लागि कार्यक्रम प्याक छ । अनि मात्र फ्री हुन्छु ।’ स्टेज कार्यक्रममा व्यस्त भएकाले आफू बाहिर नदेखिएको उनले खुलाए ।

    कमेडी च्याम्पियनका समकक्षी पछिल्लो समय लगातार टेलिभिजन देखिने गरेका छन् । उनी हराउनु पब्लिकको चासोको विषय हुने त भयो नै । ‘म आफैँले पनि कमेडी च्याम्पियन सकिएको ६, ७ महिनापछि केही गर्नुपर्छ भनेर सोचेको थिए । तर कार्यक्रमको व्यस्तताले केही गर्न भ्याएको छैन,’ उनले अगाडि भने, ‘पहिले फिक्स भएका कार्यक्रम सकौँ, त्यसपछि केही गर्नुपर्ला भनेर अहिले सोचेको छु ।’ केही नयाँ कार्य गरेर पब्लिक माझ आउने र तयारीसमेत रहेको उनको भनाइ छ । ‘पहिले असारसम्मका प्याकअप कार्यक्रम सक्नेछु । त्यसपछि दर्शकका लागि नयाँ धमाका दिन्छु,’ उनले आफ्नो योजना सुनाए ।

    ‘कमेडी च्याम्पियन’मा भरतमणिले डेरावाल, पत्रकार र पारस शाहलगायतको थुप्रै प्रस्तुत गरेका थिए । तीमध्ये डेरावाल, पत्रकार र पारस शाहका कारण उनी सबै माझ पपुलर छन् । तीनमध्ये पनि पारस सरकार बढी लोकप्रिय भएको थियो । त्यसैले अहिले पनि उनलाई पारस शाहको गेटअपमै कार्यक्रममा खोजिने गरिएको छ । त्यसैले अहिले उनी जुनसुकै कार्यक्रममा पनि पारस शाहको गेटअप छुटाउँदैनन् । अहिले कार्यक्रममा आफूले पारस शाहलगायत दुईवटा गेटअपमा प्रस्तुति दिने गरेको उनले बताए ।

    ‘पारस शाहको गेटअपमा कमेडी धेरैले मनपराउनु भएको छ । त्यो दर्शकको डिमान्डमा पनि पर्छ,’ उनले भने, ‘अर्काे स्ट्यान्ड अप कमेडी गर्छु ।’ पारस शाहको गेटअपमा उनी राजनीतिक सटाएर बढी प्रयोग गर्ने गरेका छन् भने स्ट्यान्डअप कमेडीमा टिकटक, फेसबुक र रक्सी खाने मानिस र समसामयिक विषयमा व्याङ्ग्य गर्छन् । दुवै प्रस्तुतिमा समसामयिक र ठाउँअनुसार विषयवस्तु समेत घुसाउने गरेको उनले सुनाए ।

    रियालिटी सोका धेरै विजेता अहिले बेरोजगार भएर हराएका छन् । कतिपयले उनी पनि त्यसरी नै हराएको भन्न थालेका छन् । उनी भने काम धेरै भएर आफू हराएको बताउँछन् । ‘काम नपाउँदा बेरोजार हुने हो । म स्टेज कार्यक्रममै व्यस्त छु । मात्र फरक के हो भने मेरो भिडियो सामाजिक सञ्जालमा अपलोड भएको छैन,’ उनले कारण खोले, ‘धेरै मिहिनेत गरेर कन्टेन्ट तयार हुन्छ । त्यो एक कार्यक्रम देखाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्न मन मान्दैन ।’ सामाजिक सञ्जालमा आफूले कन्टेन नल्याएकाले हराएको भान भएको हुन सक्ने उनी अनुमान लगाउँछन् । ‘म आफँै पनि कमेडी गर्दा बेरोजगारी भन्छु । खासमा म बेरोजगार होइन । हराएको पनि छैन,’ उनले हाँस्दै जवाफ दिए ।

    कमेडी निर्माण कति सहज ?
    कार्यक्रमले भ्याइनभ्याइ भएको बताउँछन् भरतमणि तर पछिल्लो समय उनी सामाजिक सञ्जाल फेसबुकदेखि युट्युबसम्म उनको नयाँ काम कही भेटिन्न । सूचना प्रविधिको विकाससँगै मानिसले घरमै बसेर संसार नियाल्न र बुझ्न सक्छ । मानिस जुन ठाउँमा भए पनि त्यसको खबर अर्काे ठाउँमा पुग्नसक्छ । तर भरतमणिको पछिल्लो क्रियाकलाप पनि कुनै बाहिर आएको छैन । तर किन ? कन्टेन्टको कारण आफू बाहिर नदेखिएको उनी बताउँछन् ।

    ‘मानिसलाई कमेडी जति सहज लाग्छ त्यति सहज निर्माणमा छैन । एउटा कन्टेन्ट तयार पार्न करिब ६, ७ महिना पनि लाग्छ । त्यसका लागि विभिन्न रिसर्ज र अध्यायन आवश्यकसमेत पर्छ,’ उनले भने, ‘एक कन्टेन्ट एक ठाउँमा देखाएर सामाजिक सञ्जालमा आएपछि अर्काे ठाउँमा पनि थाहा हुन्छ र नयाँ लाग्दैन । अर्काे ठाउँका लागि तुरुन्तै नयाँ बनाउन सम्भव पनि हुँदैन ।’

    ‘कन्टेन्ट फेसबुक, युट्यबलगायत सामाजिक सञ्जालमा हाल्यो भने मानिसलाई यसले गरिरहेको छ भन्ने हुँदो रहेछ,’ उनले थपे ‘६ महिना लगाएर बनाएको कन्टेन्टको कार्यक्रममा दर्शकलाई भिडियो खिच्न दिन्नँ । तपाईंहरू जस्तै धेरै दर्शकलाई योबाट हसाउँनु छ प्लज भिडियो खिचे पनि नहाल्नु होला भन्छु ।’

    पछिल्लो समय कमेडीमा आम्दानी छैन भनिन्छ । उनी भने कमेडीको आम्दानीले आफू र केही घरमा पठाउनसमेत पुगेको सुनाउँछन् । ‘म गाउँबाट आएर स्ट्रगल गरेको कलाकार हाइफाइ जाँन्दिनँ । साधारण मानिस जसरी बस्छु,’ उनले भने ‘धेरै महत्त्वकाङ्क्षी नभईकन नर्मल जीवन बाच्न कमेडीले सकिने रहेछ ।’ आम्दानीभन्दा पनि कमेडीले देशविदेश घुमाएको, धेरै माझ चिनाएमा उनी सन्तुष्ट छन् । कलाकारिताको यही पक्ष सुन्दर पनि लाग्छ उनलाई । ‘मेरो जिल्लाका कतिपय मानिस राजधानी आउन सक्दैनन् । म कलाका माध्यमबाट देशविदेश घुमिरहेको छु । यो नै खुसीको कुरो हो,’ उनी सन्तुष्ट देखिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%२%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    प्रहरीमाथि गायिका आस्थाको कटाक्ष: न्वारनदेखिको बल निकालेर ठोक्नु भएछ नि मामा

    चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ गीत सार्वजनिक

    प्रेम सम्बन्धकाे चर्चासँगै धिरज र उपासनाको जोडी फेरि पर्दामा देखिने

    ‘गुमनाम सुपरस्टार’ विष्णु माझीको गीतले बनायो नयाँ रेकर्ड, २ दिनमै हेरियो ३१ लाख पटक

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution