काठमाडौं । के तपाईंसँग कहिल्यै यस्तो भयो, जब पूजामा चढाएको नरिवल भित्र खराब भेटियो ? कुनै न कुनै बेला यस्तो भएको होला ।
यसबाट रिस उठ्नुको साथै मन शान्ति पनि हुँदैन् । हामीलाई लाग्न थाल्छ, अशुभ भयो, भगवान रिसाए वा कुनै दुर्घटना हुन लाग्यो भन्नेजस्ता धेरै कुराहरु दिमागमा घुम्न थाल्छन् ।
तर पूजामा चढाइने त्यस्तो नरिवलको अर्थ अशुभ हुँदैन् । आज हामी त्यसका पछाडिको कारण खोज्दैछौँ । नरिवललाई लक्ष्मीको प्रतीक मानिन्छ ।
उनीहरुको पूजामा नरिवल राख्नु आवश्यक हुन्छ । पूजामा चढाइएको नरिवल खराब निस्क्यो भने अशुभ हुन लागेको होइन । जानकारी अनुसार नरिवल खराब निस्क्यो भने शुभ हुन्छ ।
बिग्रिएको नरिवललाई शुभ मान्नुको पछाडि एउटा विशेष कारण पनि रहेको छ । फोड्दा नरिवल खराब निस्क्यो भने भगवानले प्रसाद ग्रहण गरेको विश्वास गरिन्छ, जसकारण भित्रबाट पुरै सुकेर आउँछ ।
यति मात्र होइन, त्यस्तो भयो भने मनोकामना पूरा हुने संकेतका रुपमा पनि लिइन्छ । सो समयमा भगवानको अगाडि जति इच्छा व्यक्त गर्नुहुन्छ, अवश्य पूरा हुन्छन् । अर्कोतर्फ, यदि तपाईको नरिवल सही भयो भने, तपाई के गर्नुहुन्छ ? नरिवल फोड्दा सही निस्कियो भने सबैलाई बाँडिदिनुपर्छ । यसो गर्नु शुभ हुन्छ ।