एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई पुन ज्यान मार्ने धम्की दिइएको छ । लरेन्स बिश्नोई नाम गरेका ग्याङस्टारले सलमानलाई फेरि पनि धम्की दिएका हुन्।
यसअघि पनि सलमानलाई ज्यान मार्ने धम्कीको एक पत्र आएको थियो । उक्त पत्रमा सलमान खानको हालत सिद्धुमुसेवालाको बनाइने उल्लेख थियो ।
सलमान सन् १९९८ कालो हरिण शिकार प्रकरणमा फसेदेखि सलमानलाई ज्यान मार्ने धम्कि आइरहेको हो । लरेन्सले धम्की दिनुको कारण पनि उक्त प्रकरण नै मानिएको छ ।
किनकी उनीहरुले सलमानलाई ज्यान मार्ने धम्कि दिनुको कारण सोही घटनासँग सम्बन्धित तथ्यहरु उल्लेख गरिएको छ ।
पछिल्लो पटक एक टीभी च्यानलसँगको अन्तर्वार्तामा लरेन्स बिश्नोई नाम गरेको ग्याङस्टारले पुन ज्यान मार्ने धम्की दिएका हुन् ।
उनीहरुले भनेका छन्, ‘हाम्रो समाजमा रूख, बोटबिरुवा र जनावरबारे धेरैमा विश्वास छ। सलमानले हाम्रो समाजको अपमान गरेका छन्।’
ती समूहले आफूहरुले बनाएको एक मन्दिरमा गएर माफी मागे मात्रै उनले छुटकारा पाउने बताउँदै आएका छन् । नत्र आफूहरु आफ्नै तरिकाले बदला लिने बताइरहेका छन् ।
उनीहरुको अनुसार राजस्थानको बिकानेरमा आफूहरूको समाजको एउटा मन्दिर छ । सोही मन्दिरमा गएर सलमानले माफि माग्नुपर्ने छ ।