काठमाडौं।
नायिक वर्षा सिवाकोटीले वैवाहिक सम्बन्ध विच्छेद गरेकी छन् ।
यसै वर्ष वैशाख ९ मा अमेरिका बस्दै आइरहेका आशिष गेलालसँग विवाह गरेका सिवाकोटीको वैवाहिक सम्बन्ध विच्छेद भएको हो । दुई महिना अगाडि नै काननूनी रुपमा सम्बन्ध विच्छेद गरेकी खुलेको छ ।
विवाहको केही महिनापछि समाजिक संजालहरूमा फलो र अनफलो गरेपछि उनीहरुको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको थियो । काठमाडौंस्थित एक रिसोर्टमा सुटुक्क विवाह गरेका सिवाकोटी र गेलालको सम्बन्धपनि सुटुक्क कानूनीरुपमा टुंगिएको हो । सम्बन्ध विच्छेदपछि सिवाकोटीले एकअर्कालाई बुझ्न नसकेर असमझदारी भएको बताएकी छिन् ।
गेलालले भने सोमबार झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् । गेलालले बिहे गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।
चर्चा र हल्ला नै नमच्चाई आफुले रोजेको मान्छे संग लगनगाँठो कसेकी थिइन् नायिका वर्षा शिवाकोटीले । अमेरिकामा बस्ने प्रेमी आशिष गेलालसँग सुटुक्क बिबाह गरेकी थिइन् । आशिष लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।
त्यतिबेला नायिका बर्षा पनि अब अमेरिका तिरै सेटल हुन्छिन् कि भन्ने सबै आकलन गरेका थिए । किनभने विवाहपछि श्रीमान आशिष बर्षा लाई नेपालमै छोडेर अमेरिका गएका थिए । त्यतिबेला फ्यानहरुको मनमा उठेको सवालका बिषयमा अभिनेत्री बर्षाले पनि यस्तो जवाफ दिएकी थिइन् । सामाजिक सञ्जालमा इन्स्टाग्राममा वर्षालाई एक फ्यानले सोधेका थिए नेपालमै बस्ने कि अमेरिका जाने भनेर ।
यसको रिप्लाई दिदै बर्षा भन्छिन् – श्रीमान जहाँ, म पनि त्यहीँ । यसको अर्थ स्पष्ट हुन्छ कि अब उनी अमेरिका तिरै जानेछिन् । आम दर्शकको अनुमान त्यहि रहे पनि आशिष नेपालमै आउने संभावनालाई पनि नकार्न भने सकिदैन थ्यो । धेरै जसो नेपाली कलकार अमेरिका तिर सेटल भईरहेको बेला बर्षाको यो जवाफले कतै उनी पनि नेपाली चलचित्र उद्योग बाट टाढा जाने त हैन भन्ने सवाल भने उठिरहन्थ्यो तर आज एक्कासि वर्षा शिवाकोटीको सम्बन्ध टुटेको खबर बाहिरिएपछि सबैकुरा छर्लङ्ग भएको छ ।