एजेन्सी । हरियो प्याज स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिनछ । यो एउटा कन्दमुल हो । यसको सेवन गर्दा विभिन्न किसिमका रोग बाट मुक्त हुन सकिन्छ । धेरै जसो मानिहिरुलाई थाहा नहुन पनि सक्छ यसको सेवन गर्दा कति फाइदा हुन्छ भनेर हरियो प्याजले मोटो शरीरको तौल पातलो बनाउँछ ।
यसले ब्ल्ड सुगर लेभललाई कन्ट्रोल गर्ने भएकाले डायबेटीजको बिरामीलाई निक्कै फाइदा पुर्याउँछ। यसमा एन्टी इन्फ्लेमेटरीको गुण भएकाले यसले अर्थराइटिस हुनबाट जोगाउँछ । हरियो प्याजमा भिटामिन ए समेत रहेको हुँदा यसले आँखाको ज्योति बढाउनुका साथै रतन्धो हुनबाट पनि जोगाउँछ। ।
यसमा एन्टी ब्याक्टेरियल गुण भएकाले यसले रुघाखोकी तथा टाउँको दुखेकोलाई सन्चो बनाउँछ।यसमा भिटामिन सी को मात्रा धेरै हुने भएकाले कमजोरी हटाउँछ र भरपूर शक्ति प्रदान गर्दछ । हरियो प्याजमा फाइबरको मात्रा धेरै हुने भएकाले पाचनप्रणालीमा समेत सुधार ल्याउँछ ।
यो पनि पढ्नुस: काउलीको तरकारी खान यस्तो बिधी अपनाउनुहोस, क्यान्सर र हाडजोर्नी सम्बन्धी अचुक औषधी बन्छ: एजेन्सी । काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई निष्क्रिय पार्छ ।यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् ।
यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ ।जति धेरै काउली आफ्नो खानामा भयो उति नै राम्रो । एक अध्ययनले त हप्तामा धेरै काउली खाने महिलाको स्तन क्यान्सर हुने सम्भावना ७२ प्रतिशतले कम देखाएको छ ।
खाने विधि: अध्ययनहरूले के देखाएका छन् भने, काउलीलाई धेरै पकाएमा यसमा पाइने क्यान्सर विरुद्ध लड्ने तत्वहरू नाश हुने सम्भावना रहन्छ । विज्ञहरू यसलाई काँचै खान सल्लाह दिन्छन् । विज्ञहरुको सुझाव छ, ‘काउलीलाई एउटा नुनपानी भएको भाँडामा करिब चार घन्टा जति डुबाउने र चिसो पानीले मज्जाले पखालेर खाने ।’ यसलाई लेदो बनाएर पनि अन्य विभिन्न परिकारको मिश्रण गरेर खान सकिन्छ ।
साथै सलादका रूपमा यसको प्रयोग धेरै नै उत्तम हुन्छ । काउलीलाई काटेर नुनको पर्याप्त मात्रा मिलाई मजाले थिचेर बोतलमा राख्दा यसबाट निस्केको रसले विस्तारै अमिलोपना विकास गर्छ । चारदेखि सात दिनभित्र यसरी राखिएको काउली खानका लागि उपयुक्त हुन्छ ।
यसरी राखिएको काउलीमा क्यान्सर विरुद्ध लड्ने रसायनहरूको राम्रो विकास हुन्छ र शरीरलाई फाइदा गर्छ ।निकै धेरै मात्रामा फाइबर पाइने र कम क्यालोरी हुने भएकाले तौल घटाउँनका लागि काउली उपयुक्त खानेकुरा मानिन्छ । यसमा भएको फाइबरले पेटमा सकारात्मक ब्याक्टेरियाहरु बढाउँछ र पेटको जलन पनि कम गराउँछ, जसले पाचन प्रणाली सुधार्छ ।
अन्य फाइदा: काउलीले हड्डी दह्रो बनाउन पनि मद्दत गर्छ । एलर्जी हुने सम्भावना कम गर्छ र पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसले मुटुमा लाग्ने रोगहरूबाट बच्न पनि त्यत्ति नै मद्दत गर्दछ ।काउली भिटामिन ‘के’ र ‘सी’को मुख्य स्रोत हो । एक बटुका काउली मात्र खपत गर्दा शरीरलाई चाहिने ९१ प्रतिशत भिटामिन ‘के’ र ५० प्रतिशत भिटामिन ‘सी’ उपलब्ध हुन्छ । एजेन्सीको सहयोगमा