काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख १ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।