अभिनेता अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ। यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा उतारेको हो। अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक-एक शो उपलब्ध गराएको छ।
अनमोलको छैटौं दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो।यसैदिन प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो।वितरक सुनिल मानन्धरका अनुसार फिल्मले अहिलेसम्म ३० लाख रूपैयाँ कमाएकाे छ।
याे फिल्म करिब ३ कराेड लगानीमा बनेकाे हाे। यसअघि उनले फिल्म कमजोर बनेपछि दर्शक हलसम्म नआएका बताएका थिए। ‘छड्के २ को कमाइ निकै कमजोर छ। यो अनमोलको अहिलेसम्म कै नचलेको फिल्म हो। वितरकको हिसाबले मैले पहिला फिल्म हेर्दिनँ।
हामीले छायांकन सुरू भएदेखि पैसा दिन्छौं। तर फिल्म नै पूरा भएको छैन रहेछ। फिल्म खिच्ने भनेको ठाउँमा खिचेको पनि छैन। निर्माण टिमले बच्चा खेलेको जस्तो फिल्म बनाएका छन्,’ उनले भनेका थिए। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ,
कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।नायक अनमोल केसीको करिअरमै पहिलो पटक कुनै फिल्म रिलिजको छैटौ दिनमा नै हलबाट उत्रिएको हो ।
खराब समीक्षाका कारण हलमा दर्शक नै नभएपछि यो फिल्म ५ दिन मात्र रिलिज हुन सक्यो । तर, ५ दिन पनि फिल्मले खराब व्यापार गरेको छ । निर्देशक निगम श्रेष्ठले यसपटक अनमोल केसीको करिअरलाई नै संकटमा पारिदिएका छन् । अर्कोतिर, अनमोल केसीको फिल्म असफल नै हुँदैन भन्ने तर्कलाई पनि ‘छड्के २’ले तोडिदिएको छ ।
यो पनि – घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’ मध्यपूर्वका देशमा भोलि देखि लाग्ने भएको छ |मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने ‘छक्कापञ्जा ४’ त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले फिल्मलाई यूएई, कतार, ओमान र बहराइनमा रिलिज गर्ने भएको हो ।
साउदी अरेबिया र कुबेतमा भने प्रदर्शन मिति तय भइनसकेको वितरक रमेश ढकाले जनाएका छन ।मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म वितरण गरिरहेको बताउदै चलचित्र छक्का पन्जा ४ पर्दशनी हुने भएकोले प्रचारप्रसारलाई तिब्र बनाइएको बताएका छ्न |
ढकालले अहिले डिजीटल माध्यामलाई प्रयोग गर्दै सामाजिक सञ्जालका पृष्ठमा र बिभिन्न समूह बनाएर नेपालीहरु धेरै बस्ने स्थान, क्याम्प तथा नेपालीहरुले संचालन गरिएको रेस्टुरेन्ट ट्रावल लगाएत ठाउँमा स्थलगत पुगेर पोस्टर ब्यानर बनाएर प्रचारप्रसार गरिरहेका छन ।
रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्र प्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका देशका मुख्य-मुख्य शहरका बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘छक्का पन्जा ४ ’ एकैसाथ भोलि देखि प्रदर्शन हुने भएको हो | मध्यपुर्बका देशमा अनुमानित २० लाख भन्दा धेरै नेपालि रहेका छन |
गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमान लगायत बिभिन्न देशका रहेका एनआरएनले चलचित्र प्रवर्द्धनमा सहयोग गर्ने भएको हो |‘छक्कापञ्जा ४’ नेपालमा भने फागुन १९ गते देखि अपार भीडका साथ प्रदर्शन भइरहेको छ ।