काठमाडौं :
अष्ट्रेलियाको इमिग्रेसन डिपार्टमेन्टमा बर्षेनी हजारौं भिसा आवेदनहरु आउने गर्छन् । धेरैजसो आवेदनहरू सफल भएपनि केहि आवेदनहरू “रिजेक्ट“ हुन्छन् ।केही आवेदनहरुमा
झुठा विवरण पेश भएको भेटिनाले रिजेक्ट हुन्छन् । साना–साना गल्तीहरुले गर्दा पनि कहिलेकाहीं भिसा आवेदन रेजेक्ट हुन्छन् ।तर केही कुराहरुलाई विशेष ध्यान दिन सकियो भने मात्र पनि भिसा आवेदन सफल हुन सक्छ ।
१. आवेदनमा उल्लेख भएका प्रमाणहरु
प्रमाणहरु आवेदनमा महत्वपूर्ण हुन्छन् । सम्बन्धरु कागजी रुपमा प्रमाणित गरिएको हुनुपर्छ । योग्यता र काम गरेको अनुभवका पर्याप्त प्रमाणहरु पेश गर्नुपर्छ । स्वरोजगारको सन्दर्भमा, तेस्रो पक्षको कागजातहरुको महत्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्रका प्रमाणपत्रहरु भन्दा सरकारी प्रमाणपत्रहरु बढी विश्वसनीय मानिन्छन् ।
बैंक रेकर्डस , कर विवरण र कार्य अनुभवसंगै तलब बुझेका प्रमाणपत्रहरु बुझाउनुपर्दछ । बिजनेस भिसाको लागि, तपाईसंग पर्याप्त पैसा भएको प्रमाण दिनुपर्छ । अरुको नाममा रहेको पैसा वा सम्पत्ति पेश गर्नु हुँदैन ।सम्बन्ध प्रमाणित गर्नको लागि बैंकको संयुक्त खाता, संगै बिदा मनाएका तस्बिरहरु बलिया प्रमाण बन्न सक्छन् ।
२. एकरुपता
आवेदनमा उल्लेख गरिएका कुराहरुमा “क्रस चेक“ हुनसक्छ । त्यसैले उल्लेख गरिएका कुराहरुमा एकरुपता हुनुपर्छ । एकरुपता नभएको खण्डमा कानूनी प्रक्रियाद्वारा आफूलाई सहि प्रमाणित गर्नुपर्ने हुनसक्छ ।
३. शुद्धता
कहिलेकाहीं साना साना गल्तीहरुले पनि आवेदन असफल हुनसक्छ । यसको लागि प्रत्येक सानो कुरामा समेत ध्यान दिनुपर्छ । आवेदनमा उल्लेख गर्ने जन्म मिति, विवाह मिति, काम गरेको वर्ष, इमेल अकाउन्ट प्रत्येक कुराहरु पेश गर्नुअघि आफैले रुजु गर्नुपर्छ ।
४. इमान्दारिता
आवेदन, प्रमाणपत्रहरु पेश गर्दा इमान्दार रहनुपर्छ । केही कुरामा झुठो विवरण, झुठो प्रमाणपत्र भेटिएमा भिसा आवेदनको लागि १० वर्षसम्म अयोग्य ठहरिन सकिन्छ । आफ्नो नराम्रो छाप नबसोस् भनेर सधै सतर्क रहनुपर्छ ।
५. व्यवस्थित
व्यस्थित रहनु जरुरि छ । प्रमाणपत्रहरु पेश गर्दा, प्रत्येक कुराहरुलाई महत्व दिएर पेश गरिनुपर्छ । भाषा अनुवाद गरेका प्रमाणपत्रहरु पेश गर्दा, ओरिजिनल सर्टि्फिकेट पनि संगै पेश गर्नुपर्छ शब्दहरु बुझ्नको लागि सरल हुनुपर्छ । डिजिटल प्रमाणपत्रहरुमा प्रत्येकमा नाम सहित पेश गर्नुपर्छ ।