काठमाडौँ । लोकगायक राजेन्द्र लम्सालको नि’ धन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० बर्षिय गायकको सोमबार राती नि’ धन भएको उनका भान्जा तथा संगीतकार एवं गीतकार शिव हमालले जानकारी दिए । लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले)को बुवा हुन् ।
लम्साल पहिल्यैदेखि बिरामी थिए । भान्जा नाता पर्ने संगीतकार हमालका अनुसार राजेन्द्र अत्यधिक मा’ दक पदार्थ सेवन गर्थे । पछिल्लो समय पिसाब सम्बन्धी समस्या देखिएको थियो । आचार्यको पा’ र्थिव शरिरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ । भिडियो छायांकनका लागि पोखरा पुगेका सागर पनि काठमाडौं फर्कँदैछन् ।
राजेन्द्र लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘डोरीको तिन फुदा’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मस्र्याङदीको पुल’, ’आमा तिम्रो दुधको भारा’, ‘राईनासकोटको भिर’, ‘निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् ।
‘जापान टोकियो’ उनको सर्वाधिक हिट गीत हो । गायकको नाम थाहा नपाएपनि धेरैको मुखमा यो गीत अहिले पनि झु’ ण्डिएको छ । उनको नि’ धनमा कलाकर्मीले सामाजिक संजालबाट श्र’ द्धाञ्जली दिइरहेका छन् । गायिका शिला आलेले बाल्यकालबाटै आचार्यको आवाज सुन्दै आएको भन्दै लेखेकी छिन्,
‘बाल्यकालमा उहाँकै आवाजका गीत सुनेर गाउने प्रेरणा मिल्यो, साह्रै मीठो आवाज अनि मृदभाषी आदरणीय दाजु राजेन्द्र लम्सालको नि’ धनले स्तब्ध छु ।’ लोकगायक रामजी खाँडले पनि श्र’ द्दान्जली दिएका छन् ।राजेन्द्रका सागरसहित ३ छोरा र १ छोरी छन् ।
यो पनि – चर्चित अमेरिकी रक ब्यान्ड लिनर्ड स्कीनर्डका अन्तिम संस्थापकको नि’ धन भएको छ । गिटारिस्ट ग्यारी रोसिङटनको ७१ वर्षको उमेरमा नि’ धन भएको हो । उनी ब्यान्डको सबै एल्बमका हिस्सा थिए भने उनले सन् १९७४ को लोकप्रिय गीत ‘स्वीट होम आलाबामा’ को सह–लेखन गरेका थिए ।
सन् १९७७ मा भएको विमान दु’ र्घटनामा ब्यान्डका धेरै सदस्यले ज्यान गुमाउँदा उनी भने बाँचेका थिए ।पछिल्लो समय मुटुको समस्या देखिएका रोसिङटनले गत फेब्रुअरी महिनासम्म स्टेजमा कार्यक्रम गरेका थिए । ब्यान्डको फेसबुक पेजमा उनको मृ’ त्यु भएको पुष्टि गरिएको छ ।
यद्यपि, उनको मृ’ त्युको कारण भने खुलाइएको छैन । रोसिङटनले सन् २०२१ मा मुटुको श’ ल्यक्रिया गरेका थिए ।रोसिङटनको जन्म सन् १९५१ मा फ्लोरिडामा भएको थियो । सन् १९६४ मा उनले ड्रमरी बब बर्न्स र बेसिस्ट ल्यारी जुनस्ट्रमसँग मिलेर मी, यू एन्ड हिम नामक ब्यान्ड सुरु गरेका थिए ।
ब्यान्डमा गायकको रुपमा रोनी भान जान्ट भित्रिएपछि उनीहरुले ब्यान्डको नाम परिवर्तन गरेर ‘लिनर्ड स्कीनर्ड’ राखेका थिए । ब्यान्ड ब्लुज रक गीतका लागि चर्चित रहेको छ । ब्यान्डका सिम्पल म्यान, मिसिसिपी किड, फ्रि बर्डजस्ता गीतहरु अझै पनि लोकप्रिय रहेका छन् ।